बरियारपट्टी । सिरहाको सुखीपुर उद्योग व्यापारसमितिको उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।सुखीपुर उद्योग व्यापार समितिको चुनावमा व्यापारी भन्दा बढी राजनितीकर्मिको चासो देखिन्छ एक व्यापारीले भने । विजय प्रसाद गुप्ता ,पप्पु कुमार गुप्ता र सुर्य नारायण यादव (सुरज )ले अध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।राधेश्याम महतो ,राकेश कुमार पुर्वेले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएको छ । ओम प्रकाश महतो,रमेशकुमार महतोले द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ ।कामेश्वर चौधरी ,दिनेश कुमार यादव महासचिव पदमा,रतनेश चौधरी , संजय कुमार यादव सचिव पदमा, विरेन्द्र भण्डारी , रोशन कुमार साह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।काशीन्द्र यादव ,राजदेव साह तेली,पशुपति साह हलुवाई,विनोद कुमार यादव,भुली देवी सदाय,ममता कुमारी यादव,अमिरिका कुमारी महतो,ओमप्रकाश साह,श्यामसुन्दर नायक,संजय प्रसाद चौधरी,कपिलदेव यादव,राकेश कुमार यादव,प्रमोद कुमार साह,लोकेन्द्र प्रसाद महतो,शिव कुमारी देवी साह,नैन कुमारी पामान,शिवनारायण साह र शिवा मलाहले सदस्य पदमा उम्मेदवारी दिएको छ ।
व्यापारीले उद्योग व्यापार समितिको संस्थामा जानु भनेको व्यवसायिक विकास र समृद्धिको एउटा महत्वपूर्ण कदमको लगि जान्छ जहा १. व्यापारको विकास: व्यापारी संस्थाले नयाँ व्यवसायका अवसरहरू र प्रविधिहरूको बारेमा जानकारी प्रदान गर्छ, जसले व्यापारलाई बढाउन मद्दत गर्छ।२. नेटवर्किंग: यहाँ अन्य व्यापारीहरूसँग सम्बन्ध बनाउन र व्यापारिक नेटवर्क विस्तार गर्न मौका मिल्छ।३. शिक्षा र तालिम: व्यापारी संस्थामा विभिन्न प्रकारका तालिम र कार्यशालाहरू आयोजना गरिन्छ, जसले व्यवसायिक ज्ञान र सीपलाई सुधार्न मद्दत गर्छ।४. समस्याहरूको समाधान: व्यापारका विभिन्न समस्याहरूको समाधानका लागि सुझाव र सहयोग प्राप्त गर्न सकिन्छ।५.सहयोग र समर्थन: व्यवसायिक चुनौतीहरूमा सहयोग र समर्थन पाउने अवसर।६. नियम र कानूनी जानकारी: व्यापार सञ्चालनका लागि आवश्यक नियम र कानूनी प्रक्रियाबारे ज्ञान प्राप्त सहयोगको लागि संस्था संग जोडिएको हुन्छ तर यहाँ चुनाव भएपछि व्यापारीको अवस्था वारे कसैले बुझ्न जादैन ।
विजय गुप्ता प्यानल , सुर्य नारायण यादव( सुरज)प्यानलले उम्मेदवारी मनोनीत दर्ता गर्नु भन्दा ४ दिन पहिलेदेखि नै घरदैलो कार्यक्रममा लागे तर २१ शताब्दीमा विना घोषणापत्रको व्यापारी संग मत माग्न आउदा व्यापारीहरूले मत कसलाई देउ भन्ने अन्योलमा परेको ।

सम्वन्धित समाचार :