बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बजारमा रहेको सिसि टिभी चार महिना नबित्दै बन्द भएको छ।सरकारको लगानी बालुवा पानी चरितार्थ बनेको छ सिसि टिभीको लगानी ।
अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहज होस् भने उद्देश्यले जडान गरिएका यी सीसी क्यामरा मर्मत गर्नमा कसैको पनि चासो गएको छैन ।सिसि टिभी बन्द हुदा समाजिक संजालमा सरोकारवाला माथि विभिन्न टिप्पणी भईरहेको छ ।सिसि टिभी बजारमा लगाएपछि डिभिआर निजि पसलमा राखनु स्थानीय सरकारले सक्तिको दुरुपयोग गरेको जनता माध्यमिक विद्यालय प्रविधिक धारको प्रधानाध्यापक बिरवल यादवले भने ।डिभिआर(गतिविधि हेर्ने उपकरण )प्रहरी कार्यालय भएको भए हालै भएको दुर्घटनामा गाडी पत्ता लगाउन सहज हुन्थ्यो ।
हुलाकी रोडमा दिनप्रतिदिन दुर्घटना बढिरहेको छ यस्तो अवस्थामा सम्पूर्ण क्रियाकलाप हेर्न सजिलो माध्यम बनेको सीसी क्यामेरा बिग्रीएपछि विभिन्न घटना तथा दुर्घटना बढ्ने खतरा बढेको छ । त्यसैले बिग्रीएका क्यामेरा शिघ्र मर्मत गरि बजार क्षेत्रको सुरक्षा थप मजबुत बनाउन सरोकारवाला संग बजारको अध्यक्ष अम्बे यादवले आग्रह गरेका छन् ।


