बरियारपट्टी ।सिरहाको बरियारट्टी गाउँपालिका वडा नम्बर १ मा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बरियारपट्टीको आयोजना र श्री सरस्वती आधारभूत विद्यालय गडगामाको पहलमा ३सय ४० छात्रछात्रालाई स्कुल व्याग,पोसाक र अध्ययन सामग्री वितरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड सिईओ रामबहादुर यादवले भने विकास मुल आधार शिक्षा हो जुन देश,जिल्ला ,गाउँपालिकामा शिक्षा कमजोर हुन्छ त्यहाँ विकासको मुल आधार कमजोर बुझ्नुपर्छ ।जब सम्म शिक्षामा नैतिकता ,संस्कारी,इमानदारीको पाठ शिकाउन सक्दैन तब सम्म विद्यार्थीको चौतर्फी ज्ञान हुदैन ।विद्यार्थीलाई किताबि ज्ञान संगै व्यवहारीक ज्ञानको आवश्यकता छ ।नेपालको साक्षरता दर ७६%मात्र छ जसमा सबैभन्दा कमजोर साक्षरता दर मधेस प्रदेशको छ।शिक्षक तलबको लागिमात्र काम गरेको हुदैन वहाँहरु आफ्नो धर्म पनि निर्वाह गरेको हुन्छ र देशको लागि पनि काम गरेको हुन्छ ।
कार्यक्रमको अध्यक्ष तथा बरियारपट्टी गाउँ पालिकाक अध्यक्ष सन्तोष कुमार महतोले भने जबसम्म शिक्षामा विकास हुदैन तबसम्म कुनै विकास दीर्घकालीन रुपमा सम्भव छैन ।जबसम्म अभिभावक सचेत हुदैन तबसम्म आआफ्नो बच्चाको भबिस्य बन्छ कल्पना गर्नु हुदैन ।सरकारी विद्यालयमा लोकसेवा पास गरेको शिक्षक हुन्छ निजि विद्यालयमा सरकारी विद्यालय भन्दै कमजोर शिक्षक हुन्छ तर निजी विद्यालयको विद्यार्थी राम्रो हुन्छ कारण सरकारी विद्यालयमा पठनपाठन गराउने अभिभावक विद्यार्थीमा ध्यान दिदैन महतो भने।
नेपाली काङ्ग्रेसको सिरहा क्षेत्र नम्बर २ क को सभापति तथा जे जे ग्रुपको अध्यक्ष उपेन्द्र प्रसाद यादवले भने स्थानीय सरकारलको जबसम्म उत्तरदायी बोध हुदैन तबसम्म गुणस्तर शिक्षाको कल्पना गर्न सकिदैन ।जिम्मेवार ब्यक्तिले राम्रो काम गरेका शिक्षक शिक्षिका र विद्यार्थीलाई पुरस्कृत गर्नु पर्छ ।
जनता माध्यमिक विद्यालय देउरीपट्टीको प्रधानाध्यापक उमेश प्रसाद साहले भने विद्यालय सुधार गर्न राम्रो विद्यालय ,गुणस्तर शिक्षा ,राम्रो सिकाइको चाहिन्छ ।यदि गुणस्तर शिक्षक र गुणस्तर कार्य हुदैन तबसम्म स्थानीय सरकारले जतिसुकै लगानी गरे पनि गुणस्तर शिक्षा दिन सक्दैन ।
आधारभूत विद्यालय कचनारीको प्रधानाध्यापक रामसुफल यादवले भने जब कुनै ठाउँमा राजनीति गर्ने मिल्दैन तब विद्यालयलाई राजनीतिको थलो बनाउछ हाम्रो समाजले।महेन्द्र राजमार्ग रहेको विद्यालयका शिक्षाको अवस्था राम्रो छ तर हुलाकीमा रहेको विद्यालयका शिक्षा फरक रहेको कारण यहीँ हो ।
जनता माध्यमिक विद्यालय प्रविधिक धारको प्रधानाध्यापक बिरवल यादवले भने साथिहरुले भने विद्यालय राजनीति गर्ने स्थल हैन तर म भन्छु विद्यालय राजनीति गर्ने स्थल हो तर आदर्श राजनीति गर्नु पर्छ । अहिले हाम्रो समाज शिक्षक, कर्मचारी भर्ना र विद्यालय व्यवस्थापन समिति बनाउदा मेरो छोराछोरी ,बुहारी वा आसपासको ब्यक्ति हुनुपर्छ यस्तो राजनीति चलिरहेको छ ।
स्वागत मन्तव्या यसै विद्यालयको प्रधानाध्यापक राम विनय यादवले उपस्थित सबैलाई विजया दशमी ,दिपावली तथा छठ पर्वको शुभकामना दिदै ,नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बरियारपट्टी लाई धन्यवाद दिए ।
रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलवरीयाको प्रधानाध्यापक शिवनारायण यादवले भने सिरहामा लघुवित्त संस्था र विभिन्न श्रेणीको बैंक छ तर कुनै पनि संस्थाले विद्यालयलाई लक्षित गरि कार्यक्रम गर्दैन ।यस संस्थाले समयसमयमा समाज सुधारको क्षेत्रमा लागेर विभिन्न जनचेतनामूलक गरेमा धन्यवाद ।
कार्यक्रममा मन्तव्य क्रममा शिक्षक,जनप्रतिनिधिहरुले शुभकामना संगै गुणस्तर शिक्षा बनाउनमा जोड दिएको थियो ।शिक्षक,विद्यार्थी ,स्थानीय ,पत्रकार लगायतको बाक्लो उपस्थिति थियो ।

सम्वन्धित समाचार :