सिरहा । सिरहा सहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-४ औराहा चोक नजिकै ना.७ त २९८४ नम्बरको ट्याक्टर र ना.३९ प ७९१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका-१ सुकुम्बासी टोल बस्ने ३० वर्षीय रविन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका-५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र-१-०२-०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका-२ अमाही बस्ने १६ वर्षीय आयुस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका-९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रूद्र बहादुर घर्ती मगरको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्वन्धित समाचार :