बरियारपट्टी।दशैं,दीपावली तथा छठ पर्वलाई लक्षित गरी सिरहाका सीमावर्ती भारती बजारमा यतिबेला नेपाली उपभोक्ताको किनमेलका लागि निकै घुइँचो (ठेलमठेल)लागेको छ ।

भारतको सीमावर्ती क्षेत्रमा नेपाली उपभोक्तलाई लक्षित गरेर भारतीय व्यवसायीहरुले ठूलो लगानी गरेका छन् ।
चिनी, चियापत्ती, साबुन, तेलदेखि दसैँका लागि लत्ताकपडा र अन्य सामानसमेत किन्न जानेहरूको भिड सीमा पारी निकै बढेको छ ।दसैँ, तिहार, छठसम्म यस्तै भिड लाग्ने गर्दछ ।
चाडबाडका कारण यस्तो भएको तर पहिलेभन्दा व्यपार खस्केको उनी बताउँछन् ।
गतवर्ष नेपाल सरकारले भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान ल्याएमा भन्सार शुल्क लगाउने निर्देशन दिएपछि धेरै नेपाली भन्सार तिर्ने झन्झटले गर्दा सामान्य किनमेलका लागि भारतीय बजार जान छाडेका थिए । अहिले उक्त नियम फितलो भएपछि भारतको जयनगर,लदनिया,लोकहा,ल्लमनिया र पिपराही बजारमा कारोबार धेरै भएको भारतिय व्यापारीहरु बताउँछन् ।चाडपर्वको समयमा पनि सिरहाको सिरहा बजार ,औरही,बरियारपट्टी र ठाडि बजार सुनसान छन ।

सम्वन्धित समाचार :