मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३मा रहेको श्री जनता माध्यमिक विद्यालय प्राविधिक धारमा शिक्षक तथा कर्मचारी पदपूर्ति भर्नाको प्रक्रियाका पहिलो पेपरको परीक्षामा आएको विज्ञ टोलि माथि शंका लाग्दा दोस्रो परीक्षा स्थानीयले ज्ञापनपत्र दिई स्थगित गराएको छ।
यसै विद्यालयबाट शिक्षक तथा कर्मचारी पदपूर्ति लागि २०७९माघ २७ र २०८१ साउन १५ गते प्रकाशित विज्ञापनको परीक्षा वि.व्य.समितिको २०८१ भदौ २८ गतेको निर्णय अनुसार २०८१ असोज ४ गते हुने परीक्षामा प्राविधिक कारण देखाई वि. व्य समितिले स्थगित गरे ।वि.व्य.समितिले २०८१ असोज २ गतेको निर्णय अनुसार मिति २०८१ असोज ७ गते सोमबार १० बजे परीक्षा संचालन गरे तर पलिकाको शिक्षा शाखा प्रमुख (वि. नि.)परीक्षा हलमा उपस्थित भएन त्यस पछि उत्तर पुस्तिका इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखे ।परिक्षा संचालन हुनु एक दिन अगाडि नै प्रश्न पत्र वाहिरीयो भन्ने बजारमा हल्ला भयो त्यसपछि बि.नि. नआएपछि केहि दिन उत्तरपुस्तिका इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखनु पर्यो यस्तो अवस्थामा भित्र भित्र सेटीङ हुन्छ की स्थानीयलाई झन शंका उत्पन्न गराए ।१३ गते परीक्षाको रिजल्ट सर्वजनिक गर्दा स्थानीयले विज्ञ शिक्षक राजकुमार साह,इन्द्रदेव यादव , वि.व्य समिति तथा वडा अध्यक्ष विनोद यादव र वि.नि. बिरेन्द्र कुसयैतको मिलोमतोमा भएको परीक्षा स्थगित माग गर्दै सर्वजनिक निवेदन सरोकारवाला दिएको छ ।यस सम्बन्धमा प्रधानाध्यापक बिरवल यादवले भने एक जना विज्ञको काममा मलाई पनि शंका छ ।स्थानीयले परीक्षा आस्थगितको माग राखेको छ अहिले परीक्षा आस्थगित छ सरोकारवाला छलफल भएपछि मात्र परीक्षा गराउछु।अहिले पाँच वटा दरबन्दी खालि छ ।विद्यार्थीलाई पठनपाठन गराउन गार्हो छ ।मलाई बढी तनाव दिएपछि म भन्छु राजिनामा दिन्छु कले लिनेहो तर अहिले राजिनामा लिखि वि.व्य. समिति कहाँ दिसके छु समितिले दुई चार दिन पर्खिनु भनेको छ यादवले भने ।विद्यालयले परीक्षा आस्थगितको कुनै सुचना जारी गरेको छैन ।
बिज्ञापन नम्बर ०१/०८१/०८२ सुनैना कुमारी यादव (शिक्षक उ.मा.वि. अनुदान ),बि.न.०३/०८१/०८२ अमित कुमार महतो (प्रशिक्षक प्राविधिक अनुदान मा.शि.तृ.वाली विज्ञान ),बि.न.०४/०८१/०८२राकेश कुमार यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),बि.न०४/०८१/०८२ सरोज कुमार शर्मा( प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान )
बि. न .०४/०८१०८२संतोष कुमार यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),बि.न ०४/०८१/०८२ शिव कुमार यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),०४/०८१/०८२ रेखा यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ) ,बि .न.०४/०८१/०८२ उदय कुमार साह(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),बि.न. ०२/०७९/०८० जितेन्द्र कुमार चौधरी(कम्प्युटर अपरेटर) ,बि.न. ०३/०७९/०८० प्रमेश्वर कुमार मुखिया(ल्याबरेरियन), बि.न.०३/०७९/०८० रामकुमार यादव(ल्याबरेरियन) प्रथम पत्र समान्य वस्तुगत परीक्षाको नतिजा प्रकाशन गर्दा सफल भएको छ । विज्ञापन नम्बर०२/०८१/०८२,०५/०८१/०८२,०६/०८१/०८२ र ०१/०७९/०८० मा कनै पनि उम्मेदवार उतिर्ण हुन नसकेको श्री जनता माध्यमिक विद्यालय प्राविधिक धारको सुचनामा जारी गरेको छ ।थप जानकारीको लागि वि .व्य.समिति अध्यक्ष बिनोद यादवलाई फोन गर्दा फोन उठाएन ।केहि वर्ष पहिले शिक्षक र कर्मचारी पद पुर्ति भर्ना गर्दा यस्तो अवस्था आएको थिएन ।स्थानीय लालबाबु शर्माले भने पालिकाको नजिकै रहेको विद्यालयमा यस्तो समस्या आउनु र सरोकारवाला ,जनप्रतिनिधि बेखबर हुनु शंकाको विषय हो ।बरियारपट्टीको संजय यादवले भने जसरी सरोकारवालाले आलटाल गरेको छ शिक्षक र कर्मचारी पद पुर्ति परीक्षामा मिलोमतो भएको सम्भावना देखिन्छ ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy