सिरहा ।धनुषाको एक डिपोमा सिरहाको एक कर्मचारीको हत्या भएको छ। छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । सिराहाको सिराहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
शुक्रबार डिपोमा बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । घटनामा संलग्न रहेको आरोपमा प्रकाश यादवलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
बर्मा र यादवबिच भनाभनले बढ्दै जाँदा घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुहुँदै प्रवक्ता अवाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy