
सिरहा नगरपालिका वडा नम्बर ९ ठेङहीमा कृष्ण अष्टमी मेला समितिलाई निरज निर्माण सेवाको प्रोपराइटर
(प्रमुख )समाजसेवी आनन्द कुमार यादवले भेस्ट वितरण गरेको छ।मेला समितिको सदस्य राम भरोसको अनुसार आनन्द कुमार यादवले भेस्ट मात्रै वितरण गरेको छैन वहाँले आफ्नो स्रोतसाधन प्रयोग गरी ठाउँ ठाउँ माटाको समेत हालेका छन।यादवले समय समय युवाहरू उर्जा र सकारात्मक विचार पनि दिने गरेको छ ।केहि दिन पहिले खेलाडीहरू मनोबल बढाउन समाजसेवी आनन्द कुमार यादवले खेलको सामग्रीह पनि वितरण गरेको थियो ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप सो पर्व मनाउने गरिन्छ ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता रहेको छ ।
सिरहाको माडर,ठेङही,थलहा,सिरिपुर,जनकपुरधामको रेल्वे स्टेसन, विषहारा चोकस्थित कृष्ण मन्दिर र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।