जनकपुर ।नयाँ कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि इन्जिनियर र जनप्रतिनिधिसहित १० जना मध्य ३ जनाको स्वस्थ्यमा समस्या भएको छ ।अनसनको दोस्रो दिन सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह र सिरहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मो समसाद र औरही गाउँपालिका वडा नम्बर ३ का जिवछ यादवको स्वास्थ्यमा समस्या देखिएको छ ।निराहार बसेको तीन जना अनसनकरी लाई स्वास्थ्यकर्मीले स्लाइन चढाउन सुरु गरेको छ । अनसनमा इन्जिनियर प्रविण यादवको नेतृत्वमा १० जना सहभागी छन् ।सरकार बाट कुनै किसिमको पहल नभएको सिरहाको औरही गाउँपालिका वडा नम्बर ४का अध्यक्ष सुरेन्द्र कुमार यादवले बताए ।अध्यक्ष यादवले भने मेरो स्वास्थ्य अवस्था पनि खराब हुनथालेको छ अब डाक्टर बोलाउनु पर्छ ।

सम्वन्धित समाचार :