सिरहा: सिरहाको औरही गाउँपालिकामा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। औरही गाउँपालिका वडा न.५ स्थित हनुमान चौकमा आयोजित रक्तदान कार्यक्रममा २ महिला र २५ पुरुष गरी जम्मा २७ जनाले रक्तदान गरेको छ।

रगतको आवश्यकता सबैलाई पर्छ। तर रगत दान गर्न मान्छे अहिलेपनि हिचकिचाइरहेको अवस्था छ। रक्तदान सम्बन्धी जनचेतना अभावका कारण पनि मान्छे रक्तदान गर्न डराउने गरेको सिरहा क्याम्पसका स्वबियु सभापति दिपेन्द्र कुमार यादब बताउछन्। अहिलेको बैज्ञानिक युगमा पनि रगत कुनै फयाकट्रीमा उत्पादन भैरहेको छैन , हुने पनि होइन । यो मानव शरिरमा नै उत्पादन हुने हो। त्यसैले रक्तदान बारे जनचेतना अभियानको आवस्यकता रहेको देखिन्छ।

अहिलेको बदलिँदो समयमा स्वास्थ्य जटिलता , दुर्घटना लगायतका घटना बढ्दै गएको छ। बिना अप्रेसन डिलेभरी नहुने , समान्य अप्रेसन गर्दा पनि रगतक आवश्यकता गर्ने र दिनहु हुने सवारी दुर्घटनामा रगतको आवश्यकता हुने हुदा रगतको चरम अभाव खेप्नु परेको छ। त्यसैले यस्ता रक्तदान कार्यक्रम समय समयमा सचेत नागरिक समाज , युवा , विद्यार्थी , राजनीति दल , विभिन्न संगठनहरुले गर्न आवश्यक रहेको छ।

जनमत पार्टीको भातृ संगठन युवा जनमत संघले ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ नारा सहित मनाइएको कार्यक्रममा स्थानीय युवा , बुद्धिजीवी ,राजनीतिकर्मी , समाजसेवी , कर्मचारी लगायतले रक्तदान गरेका थिए। जनमत समर्थित युवाहरुले समय समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।

सम्वन्धित समाचार :