मुकेश कुमार यादव बरियारपट्टी ।जिल्ला प्रशासन कार्यालय सिरहाको प्राङ्गण वाट मोटरसाइकल चोरी भएको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बलुवाको जयराम यादवका को१७ प २०७९ नम्बर मोटरसाइकल चोरी भएको छ ।जयराम यादवले भने बुवाआमाको राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सिरहा गएको थिए गाडी राखेको एक घन्टा भित्रै गाडी चोरी भएको हो ।यादवले भने गाडी चोरी भएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई जानकारी गराए कि कार्यालयमा सि सि टि भि लागेको छ त्यहाँ वाट मेरो गाडी पत्ता लागि हाल्छ तर सि सि टिभी बन्द भएको जानकारी एक कर्मचारी बताए । सेवाग्राही रामकुमार यादवले भने जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय यसै प्राङ्गणमा छ त्यहाँ वाट गाडी चोरी हुनु भनेको जिल्लामा आमजनताको सुरक्षा कस्तो होला यो तपाईहरुले सजिलै अनुमान गर्न सक्छ ।
राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो यो संस्था पनि यसै कार्यालयमा छ तर चोर इन्टेलिजेन्स भन्दा पनि ठुलो इन्टेलिजेन्स भए पछि गाडी चोरी गरेको होला ।

सम्वन्धित समाचार :