रिता दास ।महिला अधिकार पुरुषमुखी सिद्धान्तमा महिला विरुद्ध हुने भेदभावमा निकालिएको कानूनी आवाज हो । महिला अधिकारले हरेक क्षेत्रका महिलाहरुको समस्या र समाधानका लागि सदैव वकालत गर्दछ । महिलाहरुको सम्पूर्ण अधिकारहरुसँग उनिहरुको सुरक्षा पनि एक अन्तरसम्बन्धित विषयबस्तु हो । महिलाहरू आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीसँग सहि तरिकाबाट चल्न र बाधिनको लागि सुरक्षाले महत्त्वपूर्ण भूमिका खेल्दछ । सुरक्षा तेस्तो चिज हो जसको मद्दतले सबैखाले महिला अधिकारहरु सुनिश्चित भैरहेका हुन्छ्न ।
विभिन्न गलत धारणा, कुरिती, परम्परा, घरायसी दबाबको कारणले शिक्षाको उज्यालो ज्योतिसँग बन्चित भएका महिला बर्गको लागि छुट्टै खालको निगरानी राज्यबाट हरेक टोल–टोलमा हुनु जरुरी छ । महिलाहरूको नेतृत्व वृद्धि र बिकासका लागि ध्यान दिदै राज्यबाट विभिन्न खालका जनचेतनामुलुक अभियानहरु संचालन गर्नुपर्दछ । हामी सम्पूर्ण आम नागरिकले महिला बर्गको पीडा र समस्या बुझी उनीहरुको समस्या समाधानको निम्ति माथिल्लो निकायसम्म निरन्तर आवाज उठाउनुपर्छ । हामी समाजका आम बुद्धजीबि, सरोकारवालाहरुले सबैको चासो र चेतनाको केन्द्रबिन्दु महिला अधिकार हुनु जरुरत छ । महिलाहरुलाइ जात, धर्म, वर्ण, लिङ्ग, अपाङ्गता, कमजोर, एकल र लैङ्गकि बिभेदका आधारम कसैले पनि अन्याय, शोषण, गलत नजर राखेमा वा गरेमा निज ब्याक्तीलाई तुरुन्तै कार्बाहिको प्रक्रियामा लैजानु पर्दछ । समाजमा महिला बर्गलाइ अगाडी सार्नको लागि समानुपातिक समाबेशि र सहभागितामूलक सिद्धान्तका आधारमा लैङ्गकि र अन्य कार्यपरियोजनको लागि समतामूलक समाज निर्माणमा आम सरोकारवाला हरुको चासो र अभिप्रेरणा मिलेमा र आबस्यकताअनुरुप अबसरहरु प्रदान गरेमा महिलाहरुको संकट्कालिन ब्यबस्थापन गर्न सहज हुन्छ ।
राज्यको सबैभन्दा तल्लो निकायबाट महिलाहरूको लागि श्रेणि चढाउनको निम्ति सामाजिक तथा राजनीतिक क्षेत्रमा पछी परेका महिलाहरूलाई बिशेष अधिकार वा अबसर दिएर अगाडी बढाउनुपर्दछ । समाजमा महिलाहरुको हक–हितको रक्षा एवम प्रबद्र्धन गर्नमा उनीहरुको घर, परिवार र समाजले महिलाहरूप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्दछ ।

सम्वन्धित समाचार :