बरियारपट्टी।सिरहाको बरियारपट्टी बजार भन्दा अन्दाजी १५० मिटर उत्तर दिशामा एक युवाको मृत्यु भएको छ ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बजार भन्दा १५० मिटर उत्तर दिशामा अचेत अवस्थामा एक युवालाई हेरेपछि स्थानीयले इलाका प्रहरी कार्यालय बरियारपट्टीलाई जानकारी दिएको थियो।घटनाको जानकारी भए लगत्तै नेपाल प्रहरीले युवकलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको थियो ।प्रादेशिक अस्पतालको डाक्टरले सिरहाको गोलबजार नगरपालिका वडा ६ लक्ष्मीनिया टोल बस्ने विष्णु सहनीको छोरा अन्दाजी वर्ष २७ को संन्दिप सहनीको मृत्य घोषणा गरे ।स्थानीयको भनाइ अनुसार सहनी लागूऔषध सेवन गरेको हुनसक्छ ।भारतीय लदनिया बजारको औषधि पसलहरुमा लागूऔषध सहजै उपलब्ध हुनुको कारण नेपाली युवाहरू खुलेयाम सेवन गरेर नेपाल आउँछ।
मृतकलाई पोष्टमार्ट बिहीबार प्रादेशिक अस्पताल सिरहामा हुन्छ र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।
सशस्त्र प्रहरी बल बरियारपट्टीका एक जवानको अनुसार १५ वर्ष देखि ३० वर्षको युवाहरू मोबाइल खराब छ,किनमेल गर्नु छ, अन्य बहाना गरेर आउछ र लदनिया बजार जान्छ त्यहाँ बाट लागूऔषध सेवन गरेर आउछ ।शंका लाग्दा खानतलासी गर्दा लागूऔषध फेला पर्दैन ।हेर्दा कर्मचारी जस्तो लाग्छ,मोटरसाइकल पनि नयाँ नयाँ हुुन्छ ,गाडी पनि १२५ देखि २२० सिसि हुन्छ ।
शिक्षक डम्बर नारायण यादवले भने मेरो छोरा लागूऔषध सेवन गर्छ भने जानकारी हुदाहुदै पनि जबसम्म आमाबाबुले सन्तानका क्रियाकलापको अनुभव गर्न सक्दैन तबसम्म सन्तान लागूऔषध सेवनबाट मुक्त हुदैन ।स्थानीय रामकुमार यादवले भने पालिकाहरूले जनचेतनामूलक कार्यक्रम र लागूऔषध सेवन कर्ताको लागि पुनस्र्थापना केन्द्र खोल्दैन तबसम्म लागूऔषध सेवन गर्ने संख्या दिनप्रतिदिन बढी रहन्छ ।
लागु औषधको डरलाग्दो स्थिति भइसक्दा पनि राज्यले भने आवश्यक पुनस्र्थापना केन्द्र खोल्न सकेको छैन ।
सिरहामा लागूऔषध प्रयोगकर्ता÷कारोबारी कति छन् यकिन तथ्यांक छैन । सम्बन्धित संघ संस्थाहरुले चार हजार हाराहारीमा रहेको बताउँछन् । सिरहाको कारागार र प्रहरी चौकीमा रहेका थुनुवा बन्दीहरुमा लागु औषधका धेरै रहेका छन्।
प्रतिवर्ष ११.३६ प्रतिशतका दरले लागूऔषध सेवन कर्ता बढिरहेको र नेपालमा हाल डेढ लाख लागू औषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ।

सम्वन्धित समाचार :