गोलबजार ।गोलबजारमा एक पुरुषको शव फेला परेको छ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८बलकावा जाने बाटो छेउमा रहेको सगुन इटा भटा अगाडिको खेतमा शुक्रबार पानीमा घोकटो परेको अवस्थामा शव फेला परेको हो ।
गोलबजार नगरपालिका वडा न-८ सिडियो टोल बस्ने अन्दाजी वर्ष को ६० मनोज थापा बहिरा भन्ने ब्यक्तीको शव रहेको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ ।बुधवार राती देखि हराएको थापाको शव आज गाउँभन्दा करिव एक सय मिटर दुरिमा रहेको खेतमा जमेको पानीमा फेला परेको हो । शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको गोलबजार प्रहरीले बताएको छ
© 2025: Sima Post | All right reserved | Privacy Policy