मुकेश कुमार यादव बरियारपट्टी । सिरहाको दरहेैयामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालकको मृत्यु भएको छ ।
औरही गाउँपालिका वडा नम्बर १ दरहैया स्थित लाकी राजमार्गमा म.प्र.०१००४प८२२८नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २२ वर्षीय रमेश कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक मण्डलको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी लहानले बताए ।
मृतकलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा लाने तयारी गरेरको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।
त्यस्तै मोटरसाइकल चालक बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टीको २० वर्षीय चन्दु साहलाई थप उपचारको लागि बिराटनगर लगेको एसपी पंडितले बताए ।गाडी अमित साहको रहेको स्थानीयको भनाइ रहेको छ ।