
बरियारपट्टी ।जब बर्खा लाग्छ, तराई–मधेशका नदी–खोलामा पानीको सतह बढ्न थाल्छ अनि सुरु हुन्छ नदी–खोला वारपारको समस्या । कतै घुमाउरो बाटो प्रयोग गरेर त कतिपय ठाउँमा जोखिमपूर्ण रूपमा डुंगाबाट गन्तव्यतर्फ लम्कनुपर्ने हुन्छ ।
यसरी नदी तर्दा डुंगा दुर्घटना भएको खबर यदाकदा आइरहेकै हुन्छ । तराई–मधेशका धेरै ठाउँले वर्षौंदेखि भोग्दै आएको यो समस्याप्रति राज्य बेखबर पनि छैन । ठाउँ–ठाउँमा पुल निर्माणका आयोजना पनि अघि सारिएका छन् । तर तिनको ठेक्का न समयमा लाग्छ न निर्माण बेलैमा पूरा हुन्छ । निर्माण थालेर अलपत्र पारिएका पुल तराई–मधेशमा दर्जनौं छन् ।
सिरहाको औरही गाउँ पालिका वडा नम्बर ४ हुलाकीमा रहेको
सहजा पुर निर्माण नहुदा एक दिनमा हजारौं सर्वसाधारण सदरमुकाम सिरहा जान र पुनः आउन कठिनाइ भोग्नुपरेको छ ।सहजामा पुल निर्माण काम ढिलो भएको कारण नवराजपुर गाउँपालिका,बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिका जनतालाई प्रादेशिक अस्पताल सिरहा र सदरमुकाममा जान ४० देखि ६० किलोमिटर घुमेर पुग्नुपर्छ ।औरही गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष सुरेन्द्रप्रसाद यादवले भने पुल बनाउने कम्पनीले नत हुडि्ङ बोड राखेको छ नत काम गरिरहे छ।पुल बनाउने कम्पनीको कारण जनतालाई सास्ती भोग्नुपरेको छ ।
हुलाकी बाटो अबरुद्ध हुदा स्थानीय युवाहरूले जस्तापाता हाले मोटरसाइकल,साइकल र पैदल यात्रीलाई जानआउन सहज गरेको छ ।