प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न,१५ बुदें प्रतिवद्धता पत्र जारी
जनकपुरधा।धनुषाको पुर्वी भेगमा रहेको नगरपालिका हो कमला । धनुषा र सिरहाको सिमाना रहेको कमला नदीले घेरिएको नगर हो कमला । कमला नगरपालिका शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायत सवै हिसावले निकै पछाडी रहेको विभिन्न तथ्यांकले देखाएको छ । जनप्रतिनिधिले संचालन गरेको यो दोश्रो कार्यालय चल्दै छ तर पालिकाको आफनै सुविधा सम्पन्न भवन वन्न नसकेको प्रति स्थानीयहरु चिन्ता जाहेर गरेको छ ।
आइतबार कमला नगरपालिकाले यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनको प्रमुख अतिथी समेत रहेका नगर प्रमुख विशेश्वर यादवले भने स्वास्थ्य सेवा गुणस्तरीय वनाउनका लागि पालिकाले विशेष अभियान संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । किशोर किशोरी मैत्री सेवा संचालन गर्नका लागि आगमी वर्षको नगर सभावाट वजेट विनियोजन गरी प्रभावकारी सेवा र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको वातावरण निमार्ण गर्ने वताए ।
स्वास्थ्य संस्थाले प्रभावकारी तथा गुणस्तरीय सेवा उत्तरदायित्व पुर्वक सेवा दिने हो भने किशोरीहरु सरकारी स्वास्थ्य संस्थामा सेवा लिन जानेमा विश्वस्त रहेको वताए ।
स्वास्थ्यकर्मीहरुको व्यवहार,जिम्मेवारी र गोपनियताको ख्याल राखेर समयमा नै सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिए ।
नगर प्रमुख यादवले भने समाजमा देखिएको परम्परागत हानिकारक अभ्यासहरु वालविवाह, दाईजो प्रथा,छुवाछुत लगायतका अन्धविश्वासका विरुद्ध समेत नगरले विभिन्न सचेतनामुलक क्रियाकलापहरु संचालन गर्ने र न्यूनिकरणका लागि छुट्ै सयंन्त्र वनाई अनुगमन समेत गर्ने वताए । संविधानले वर्जित गरेका कुरितिहरु विरुद्ध सवै एक भएर न्युनिकरण गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा नगर उप प्रमुख शिलादेवी मण्डलले भने महिलामाथि हुने गरेका हिंसा न्युनिकरणका लागि आफु लागि परेको वताए । उनले भने आजको किशोर किशोरी भोलिको कर्णधार हो त्यसकारण स्वास्थ्य र शिक्षाको क्षेत्र प्रभावकारी र गुणस्तरीय वनाउनका लागि नगरपालिकाले अभियानको सुरुवात गरेको वताए । यस अभियानमा किशोर किशोरी र युवाहरुको साथ र सहयोग अपरिहय रहेको पनि वताए ।
किशोर किशोरीलाई नगरपालिकाको हरेक क्षेत्रमा अर्थ पुर्ण सहभागिता गराउने प्रतिवद्धा जाहेर गरेका थिए । सम्मेलनका विशिष्ट अतिथी समेत रहेका उप उप्रमुख मण्डलले भने पालिकाको कुल जनसंख्याको करिब २१ प्रतिशत किशोर किशोरी र युवाको जनसंख्या रहेको छ तर पनि पालिका र युवाहरु बीच सहकार्य र समन्वय हुन नसकेको प्रति दुख व्यक्त गरे । उनले भने अवका दिनमा किशोर किशोरी र युवाहरुलाई पालिकाको वडा देखि नगर स्तरमा योजना छनौट देखि वजेट तर्जुमा प्रक्रियामा अर्थपुर्ण रुपमा सहभागिता गराउने प्रतिवद्धता जाहेर गरे ।
सम्मेलनमा पालिका स्तरका युवा कल्बले वालविहा विरुद्धको नाटक प्रस्तुत गरेका थिए भने समाजमा देखिएका विकृति झल्किने सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
सम्मेलनमा रक्तदान कार्यक्रम समेत गरेका थिए । कमला नगरपालिकामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना भएको सहभागीले वताए । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । जसमध्ये महिला ४ जना र १५ जना पुरुषले रक्तदान गरेका थिए ।
सम्मेलनमा पालिकाका वडाध्यक्ष,विषयगत समितिका सभापति,विभिन्न शाखाका प्रमुख,विधालयका शिक्षक तथा अन्य गरी करिब १ सय ५० भन्दा वढीको सहभागीता रहेका थिए ।
© 2025: Sima Post | All right reserved | Privacy Policy