विनोद मण्डल, आषाढ 10 । सिरहाको धनगढीमाई 10 को कृषि बजार स्थित रहेको धर्मा होटलमा एक मानिस मृत अवस्थामा फेला परेका छन ।

धनगढीमाई वडा नं 3 घर भएका प्रमोद कामैत होटलमा मृत अवस्थामा फेला परेपछि घटना स्थलमा आएका आफन्तजनले होटलको माथिल्लो तल्लामा गएर मृत भएको कामैतको स्थिति बुझेका थिए ।

कामैत करिब बिहान 9 बजेको समयमा होटलमा पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

घटना के कति कारणले भएको हो भन्ने बारेमा बुझ्न खोज्दा होटलमा रहेको स्टाफ सम्पर्कमा आउन नचाहेको एउटा अवस्था रहेको पाइयो भने अर्कोतिर होटल सञ्चालक समेत घटना स्थलमा नरहेको अवस्थामा घटनाको बारेमा थप बुझ्न खोज्दा प्रहरी अनुसंधान जारी रहेको प्रहरीले बताएको छ ।

सम्वन्धित समाचार :