बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ मा एक दिने गाउँ पालिका स्तरीय आयोजना गोष्ठी सम्पन्न भएको छ ।बरियारपट्टी अस्पतालको सभा हलमा भएको गोष्ठीमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना राजविराजका कृषि अधिकृत विजय मण्डलले भने २०७५ कार्तिक २८ गते नेपाल सरकार कृषि मन्त्रालय र विश्व बैक संग सम्झौता अनुसार बरियारपट्टी र औरहि गाउँपालिकामा ५ वर्ष सम्म काम गरेको छ ।गाउँ पालिका स्तरीय आयोजनाले सिरहा र सप्तरीमा ६ सय चौसट्ठी औटा समुह निर्माण गरि बाली,पशुसेवा,पोषण सेक्टर गत समुह कृषि मन्त्रालय र विश्व बैंक उदेश्य अनुसार काम भएको छ ।लैंगिक रुपमस २७ प्रतिशत जनजाति र ७३ प्रतिशत दलित रहेको अधिकृत मण्डलले भने ।खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना राजविराज प्रमुख राम सोगारत साहले भने साना सिंचाइको लागि सिरहा र सप्तरी समुहको किसानलाई डेलिभरी पाईप ५ हजार ३ सय ९५ किलोग्राम ,मोटर पम्प ७ सय ७९ थान,चापाकल ३ सय ३२ सेट ,सिजनल घाँसको बिउ ११ हजार २९ किलोग्राम र डाले घाँस ४७ हजार २ सय १८ गोटा वितरण गरेको छ ।त्यस्तै महिला तथा पिछडिएका समूहलाई फार्म मेशनरी तथा औजार उपकरण स्प्रेयर८३ थान ,ब्रस कट्टर २८ थान,चाप कट्टर ८८ थान,तराजु २ थान,मिनी टिलर ६ थान,पावर टिलर७ थान,रिपर २ थान ,धान मिल १ वितरण गरेको छन ।समयसमयमा धान गहुँ मसुरो ,तरकारीको बिउ र फलफूल बोट बिरुवा समूहको किसानलाई दिएको साहले बताए । गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतो भने पालिका स्तरीय आयोजनाले किसानलाई परम्परा खेति बाट आधुनिक खेतीपाती गर्न सिकाएको छन ।कृषि प्रधान देश भन्छ तर अहिले पनि किसान परम्परा खेतिनै गरिरहेको छ ।कार्यक्रममा जनप्रतिनिधि ,समूहहरुको अध्यक्ष ,राजनीतिकर्मि,कर्मचारी , पत्रकार र किसान उपस्थिति थियोे ।
© 2025: Sima Post | All right reserved | Privacy Policy