बरियारपट्टी। सिरहाको वरियारपट्टीमा एक अपरिचित व्यक्तिको लाश पुनः फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर २ जिझौल जाने बाटोमा खोक्कसि देखि अन्दाजी ८० मिटर उत्तर तर्फ पानी नभएको पोखरीमा एक पुरुषको लाश फेला परेको छ ।
बिहान ९ बजे स्थानीयहरु हिंड्डुल गर्दा माटोले पुरेको अवस्थामा अन्दाजी ३५ वर्षको पुरुषको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । “घटना हेर्दा लाश सडेको अवस्था देखिन्छ।लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी गरेरको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।
© 2025: Sima Post | All right reserved | Privacy Policy