सिरहाको गोलबजारबाट लागु लागुऔषध सहित २ जना पक्राउ परेका  छन् ।

इलाका प्रहरी कार्यलय गोलबजार र तालुक मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजार ४ मा सन्चालन गरेको अफ्रिम कुखुरा मासु पसलबाट निटराभेट- १० टयाबलेट,डाइजापम-१०० एम्पुल ,बुपरेनोफिना इन्जेकशन-१०० एम्पुल ,प्रोमेथिजिना इन्जेकशन -१०० एम्पुल गरि जम्मा ३१० एम्पुल सहित दुइजना लाई पक्राउ गरेको हो ।

गोलबजार नगरपालिका वडा ११ बलकवा घर भएका हैदृस खानको छोरा अ .वर्ष ४७ को मो.जाकिर खान र धनगढीमाइ नपा-९ मुसहर्निया टोल बस्ने रहमान खानको छोरा सोही पसलमा काम गर्ने अ.वर्ष ४३ को कालू खान लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जान्कारी दिए ।

गोलबजार नपा-४ स्थितमा मो जाकिर खानले सन्चालन गरेको अफ्रिम कुखुरा मासु पसलमा कुखुरा भुत्लाउने मेसिन मुनि लागूऔषध लुकाइ छिपाइ राखेको गोप्य सुचनाको अधारमा इलाका प्रहरी कार्यलय गोलबजारका इन्स्पेकटर सुनिल कर्कीको कमान्डमा तालुक मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरबाट खटिएको प्रहरी टोलीले कुखुरा मासु पसलमा चेक्जाच गर्दा कालो पलास्टिकमा भित्रबाट फम म्याटमा बेरिएको अवस्थामा लागुऔषध फेला परेको थियो । घटना बारे थपअनुसन्धान इलाका प्रहरी कार्यलय गोलबजारले गरिरहेको जनाए ।

सम्वन्धित समाचार :