बरियारपट्टी ।  कतार वाट चौधरी शव ल्याइदिन परिवारजनले सरकारलाई आग्रह गरेको छन ।सिरहाको बरियारपट्टी गाउँ पालिका वडा  नम्बर ३ बरियारपट्टीको मन्जे चौधरीको चैत्र २० गते गाडी दुर्घटनामा मृत्यु भएको थियो । चौधरीको श्रीमती मन्जु चौधरी मेरो राजा कहाँ छ कतिबेला आउछ भन्दै मुर्छा परीरहेको छ ।

घरमा जो कोहि आएपछि मेरो राजालाई ल्याइदिन आग्रह गर्छ भन्छ मेरो राजालाई केहि भएको छैनन् तपाईंहरू मेरो राजालाई मेरो घर ल्याई दिनुस् भन्दै मुर्छा पर्छ ।कतारको मिटिटो कम्पनीमा इ.स. २ हजार २४ साल ४ महिना २ तारिखको लेवर भिसामा गएको थियो । विदेश जानु अघि चौधरीले सन नेपाल कम्पनीमा  बिमा (बिमा नम्बर fe १०००५८८७२६) गरेको थियो ।

यस सम्बन्धमा कतार रहेको नेपालका राजदुतावासले भने हामी प्रयासमा छौं  प्रक्रिया मिल्ने बितिकै शव नेपाल पठाउने जिकिर गरे । स्थानीय रामकुमार यादवले भने कस्तो मेरो देश नेपालमा रोजगारी नहुदा विदेश जानुपर्छ तर पछि बाकसमा बन्द भएर आउछ सरोकारवाला बेखबर छ ।मृतकको १६ महिनाको एक छोरी रहेको छ ।

सम्वन्धित समाचार :