बरियारपट्टी।सिरहाको बरियारपट्टीमा भन्सार छलेको मोबाइलको सामान प्रहरीले बरामद गरेको छ ।
बरीयारपट्टी गाउँ पालिका वडा नम्बर .३ हवल्दार चौक स्थित प्र.ह. संजिब यादवको कमाण्डमा खटिएको चेकिङ टोलीलाई भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.२ -०१-००१ प ६४१७ नम्बरको मो.सा. चेकजाँच गर्दा मोटरसाइकल चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाको नि सुचना अधिकारी हेमन्त राय जानकारी दिए ।खाटुन भित्र राखिएको LI-ION Battery- १ पिस,मोवाइल कभर- ४ पिस,SAMSUNG Battery ( EB-BG530BBC) -१५ थान,. SAMSUNG Battery ( EB-J700CBE) -५ थान, RDX-Premium Tempered Glass- ४ प्याकेट,RDX- Hero Series Tempered Glass -150 प्याकेट,ESD Super x -5 प्याकेट,मोवाईल Back Cover-११ थान अन्दाजी मुल्य . ३० हजारको सामान पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद भएको मोटरसाइकल र सामान भन्सार कार्यालय माडर पठाएको रायले वताए ।