बरियारपट्टी ।सिरहाको बरियारपट्टीमा सशस्त्र प्रहरीले दर्जनौं बोरा प्याज बरामद गरेको छ । भारतबाट नेपालको सिमानामा लुकाइराखेको अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको अवस्थामा १९ बोरा प्याज सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हे. क्वा सिरहाको टोलीले बरामद गरेको छ ।
९ सय किलोग्राम अन्दाजी मूल्य. ४० हजार बराबरको प्याज बरामद गरिएको सशस्त्र प्रहरी कार्यालय बरियारपट्टी प्रमुख नवराज खत्रीले जनाएको छ ।
बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि माडर खेरौना भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हे. क्वा सिरहाको एसपी शिव प्रसाद गैह्रे वताए ।