बरियारपट्टी गाउँ पालिका वडा नम्बर ५ जिझौलको आयोजनामा भगवत यादवको अध्यक्षतामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी ) पार्टीका वरिष्ठ नेता विश्वनाथ साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्यहाँ रहेको मधेशी समुदायको बिचमा रंग अबिर साटा साटा तथा एकअर्कासँग भेटघाटसहित होली मिलन कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा स्वागत मन्तव्यमा अजयकुमार यादवले भने यो यस्तो पर्व हो विभिन्न पाटीको नेता ,कर्याकर्ता र मतदाता संग विगतको कमिकमजोरी बिर्सेर नयाँ मित्रता बनाउने  यो पर्व हो भन्ने विषेश जोड दिए ।

लाहान नगरपालिकाको उप मेयर रामचलितर भने आजको दिन  विषेश मित्रता बढाउने दिन हो तर  जसरी आज विभिन्न पाटी नेता कार्यकर्ता यस पर्व मनाउनु भएको छ त्यसरी नै विकास निर्माण वा समाजको लागि कुनै काम गर्दा पाटी भन्दा माथि उठेर काम  गरे समाजको उन्नति प्रगति हुन्छ।

प्रदेश सभा सदस्य ललिता दासले नेपालमा हतियारालाई पाशो(भासी) लगाउने सजाय कानुनमा छैन तर पौराणिक कथामा होलिका जलाएको छ अब हामिहरू होलिका डहन गरेर होलि नमनाउन आग्रह गरे ।जनमत पाटीको नेता प्रदेश सभा  सदस्य संजय यादवले भने पर्वत बाट आएको नदि विभिन्न मार्ग हुदै समुन्द्र मै मिल्नु पर्छ त्यस्तै राजनीति विचारधारा फरकफरक छन तर समाज कलियानको लागि पहिले पनि हाम्रो पुस्ताले संघर्ष गरेकै थियो अहिले पनि गरिरहेको छ।

सो होली मिलन समारोहमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

विशेषत मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ ।  पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ । फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।

पहिले पहिले गाउँघरमा दुध र मसला मिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो । यद्दपी पछिल्लो समय यो संस्कृति विस्तारै लोपोन्मुख छ । परदेशीया ल धोतिया रङ्गावे गोरिया, हो रङ्गावे गोरिया.., जमुना तट श्याम खेलैय होरी, जमुना तट, किनकर हाथ कनक पिचकारी, किनकर हाथ अबीर झोरी.., .होलीका यी गीतहरु अहिले विरलै सुनिन्छ । 

कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, माया प्रेम तथा राग लुकेका माधुर्यता र प्रेमभाव मिसिएको यी होली गीत विरलै सुन्न पाइन्छ पछिल्लो समय तराईमा । 

सामाजिक सदभाव, सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुको मौलिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होलीमा संकीर्णता छाएको छ । अबको होली होली नभएर उच्छरिंखल युवाहरुको सहरमुखी होली हुन पुगेकाले यसको पौराणिकतासँग जोडिएको होली गीत लोप भइरहेको छ । यस्तो हुनुमा सहरिया र आयात संस्कृति हावी हुन थालेको छ ।

सम्वन्धित समाचार :