सिरहा बरियारपट्टी गाउँ पालिका वडा नम्बर  ३ बलुवा स्थितमा रहेको रघुनाथ रामरती कृषि तथा पशु फार्ममा रहेको पराल र काठले बनाइएको घरमा आगजनी गरेको छ। 

बरियारपट्टी -३ शिवनगर बस्ने बर्ष ३५ को लालबाबु भन्ने अभय नारायण यादवले आगो लगाइ भागेको  प्रहरी जनाएको  छ । प्रहरीले  सुचना पाउन साथ  इलाका प्रहरी कार्यालय बरियारपट्टीको टोली यादवलाई पक्राउ गरेको छ ।यादव माथि थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रबक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिए । स्थानिय, फार्ममा काम गर्ने मानिसहरु मिली आगो निभाएको छ  । आगो वाट तीन लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार :