सिरहाको माडर-१५ ,स्थित तस्करि गर्न राखिएका एक दारु गोदाममा आन्तरिक राजस्व कार्यालय लहानको टोलिले छापा मारि शिल गरेका छन ।

सिमाबर्ति भारतिय बजारहरुमा दारु तस्करि गर्न भण्डारण गरिएका आशिष जेनरल स्टोरको गोदाममा छापा मारदा आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको विशेष सूचनाका आधारमा राजस्वको टोली गोदाममा पुगेको थियो ।

गोलबजार नगरपालिका ९ मा अवस्थित मदिरा उद्योग शारदा डिस्टिलरीबाट अवैध मदिरा भण्डारण गरिएको गरिएको थियो ।
गोदामबाट शारदा डिस्टिलरीबाट उत्पादित दारुसहित ३१५ कार्टुन मदिरा बरामद भएको छ । थप मदिरा कोठामा बन्द गरेर राखिएका कारण परिणाम यकिन भएको छैन । गोदामभित्र तीन हजार जति मदिराको कार्टुन हुनसक्ने अनुमान छ ।

सम्वन्धित समाचार :