सिरहा, ४ चैत ः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धन्मेन्द्र झाले पत्रकारिताको विकासले लोकतन्त्रलाई मजबुत बनाउने बताउँनुभएको छ । जिम्मेवार र मर्यादित पत्रकारिता अभिबृद्धिका लागि सिरहाको बरियारपट्टीमा पाँच दिने आधारभूत पत्रकारिता तालिमको आइतबार उद्घाटन गर्दै अध्यक्ष झाले पत्रकारिता विना लोकतन्त्र अगाडी बढ्न नसक्ने बताउनुभएको हो । 

सिरहा विकास मञ्च र नेपाल पे्रस इन्टिच्यु्ट बरियारपट्टीको संयुक्त आयोजनमा सुरु गरिएको पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष झाले बदलिदो समयअनुसार पत्रकारिता पनि मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने र त्यसको लागि पत्रकारले पनि आचारसंहिताको पालनामा ध्यान पु¥याउनुपर्नेमा जोड् दिनुभयो । “पत्रकारिता समाज परिवर्तनको बाहक र लोकतन्त्र मजबुत बनाउने माध्यम भएकाले एसको विकासमा सबैको पहलकदमी जरुरी रहेको छ” अध्यक्ष झाले भन्नुभयो । 

कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले पत्रकारिताको विकासको लागि आँफुले सहयोग गर्ने बताउँदै सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा उहाँले जोड् दिनुभयो । कार्यक्रमा बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष ममता यादव, वरिष्ठ पत्रकार तथा सरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादव लगाएतको उपस्थिति रहेको थियो । 

पाँच दिने पत्रकारिता तालिमका प्रशिक्षकहरुमा बरिष्ठ पत्रकार भरत जर्गामगर, बीरेन्द्र शर्मा, मोहन भण्डारी लगाएत रहेको आयोजक सरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादवले जानकारी दिनुभयो । 

सम्वन्धित समाचार :