गरगम्बा वाट सशस्त्र प्रहरी बल सिरहाले कपडा बरामद 

बरियारपट्टी । सिरहाको गरगम्बा वाट ३ पोका कपडा बरामद गरेको  छ ।

बरियारपट्टी गाउँ पालिका वडा नम्बर .१ गरगम्बा स्थित सशस्त्र प्रहरी बल, नेपालको मोबाईल गस्ती टोलीले भारतबाट अबैध रुपमा मानिसहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. १लाख ९०हजार २सय कपडा पक्राउ गर्ने सफल भएको छ ।  जिल्ला सदरमुकाम सिरहा वाट प्रमुख जिल्ला अधिकारी ,एसपीहरु टोली आएको जानकारी पाएपछि व्यापारीहरु भागमभाग भएको व्यापारी स्रोत भनाइ । बरामद गरीएको कपडा  आवश्यक कारवाहीको लागी ठाडी भन्सार कार्यालय ठाडिमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हे. क्वा सिरहाको एसपी शिव प्रसाद गैह्रे वताए ।

सम्वन्धित समाचार :