महोत्तरीबाट घुस सहित असई र हवलदार रंगे हात पक्राउ

facebook sharing button
twitter sharing button
sharethis sharing button

महोत्तरी, २ । महाेत्तरीमा २० हजार घुस रकम सहित असई र हवलदारलाई रंगे हात पक्राउ परेको छ ।

गाैशाला नगरपालिका १२ स्थित प्रहरी चाैकी कान्तिबजारका प्रमुख प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र हवलदार मंजित कुमार झा २० हजार रकम सहित रंगे हात पक्राउ गरेको छ ।

गाैशाला नगरपालिका वडा नम्बर १२ स्थित गैरीटाेल भन्दा पुर्व उतरपट्टी मुसहर बस्ती जाने बाटोमा उभिरहेकाे अवस्थामा गाेप्य सुचनाकाे आधारमा चेकजाँच गर्दा हवलदार मंजित कुमार झाकाे पकेटबाट २० हजार रकम फेला परेपछि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिसवासले जनाएको छ ।

जग्गाको भाेग चलन सम्बन्धि विवाद मिलाई दिन्छु भन्दै सेवाग्राहीसंग लिएको २० हजार घुस रकम सहित पक्राउ परेका छन् ।

थप अनुसन्धान भईरहेकाे अख्तियारले जनाएका छन् ।

सम्वन्धित समाचार :