बरियारपट्टी ।सिरहाका औरही गाउँपालिकाको  आयोजनामा  एकदिने निःशुल्क व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम सुरु भएको छ ।

किसानहरूले उत्पादन गरेको अर्गानिक तरकारी स्वास्थ्यका लागि धेरै फाईदा हुने भएकोले तालिममा सिकेका कुरालाई ब्यावहारीक रुपमा प्रयोग गर्न तालिममा सहभागी सदस्यहरुलाई  औरही कृषि शाखा प्रमुख राजदेब यादवले आग्रह गरे ।

 सुरुमा मौसम अनुसार कुन जातको तरकारी कसरी लगाउने सम्बन्धि कुनै पनि जानकारी नभएको र सिजन अनुसार कुन तरकारी कसरी लगाउने कुरा तालिममा सिक्ने अवसर मिलेको सहभागी सदस्यहरुले बताएका छन । आगामी दिनमा पनि यस्तै फाईदा मुलक सीप र तालिमको ब्यावस्था मिलाउन आग्रह  गर्दै यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनहरुमा पनि यस खालका तालिमहरु संचालन गरी कृषकहरुलाई सहभागी गराउन सकेमा व्यवसायिक उत्पादनमा अझ मद्धत पुग्ने तालिममा सहभागीहरुले बताएका छन ।

तरकारी खेती सम्बन्धि तालिमले सदस्यहरुको जिवनमा ठुलो परिवर्तन आउने विश्वास सहित तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपले प्रयोगमा ल्याउन सक्यो भने ब्यावसायिक रुपले आय आर्जनमा समेत थप मद्धत पुग्ने गाउँ पालिका अध्यक्ष शिवजी यादवले बताए । 

कार्यक्रममा गाउँ पालिका अध्यक्ष शिवजी यादव,वडा अध्यक्ष रामपृत यादव  ,कार्यालय प्रमुख अमरेन्द्र कुशियत,किसान लगायतको उपस्थिति थिए ।

सम्वन्धित समाचार :