
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । कांग्रससँगको गठबन्धन फेर्दै आजै उनले एमालेसहितका दलको सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।
प्रचण्डले नयाँ मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । योसँगै पुराना मन्त्रीलाई प्रचण्डले फिर्ता पठाउने भएका छन् ।
कांग्रेससँगको गठबन्धन सरकारमा हाल पूर्णबहादुर खड्क – रक्षा, नारायणकाजी श्रेष्ठ – गृह , डा. बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास, धनराज गुरूङ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका थिए ।
साथै अशोककुमार राई – शिक्षा, विज्ञान तथा प्रविधि , शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा, प्रकाशशरण महत – अर्थ, महिन्द्र राय यादव – खानेपानी, शक्तिबहादुर बस्नेत – ऊर्जा, जलस्रोत तथा सिँचाई , नारायण प्रकाश साउद – परराष्ट्र, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि छन् ।
यस्तै मोहनबहादुर बस्नेत – स्वास्थ्य तथा जनसङ्ख्या , सुदन किराती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन , प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात , रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण , रमेश रिजाल – उद्योग, वाणिज्य तथा आपूर्ति , सिता गुरूङ – शहरी विकास , डिगबहादुर लिम्वु – युवा तथा खेलकुद , सुरेन्द्रराज आचार्य – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक , वीरेन्द्रप्रसाद महतो – वन तथा वातावरण , अनिता देवी – सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशिला सिर्पाली ठकुरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका थिए । यी सबै मन्त्री आजै फिर्ता हुने भएका हुन् ।
नयाँ सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) सहितका दल समावेश हुनेछन् । नेकपा एकीकृत समाजवादी भने अन्योलमा रहेको छ ।
एमालेले आजै पदम गिरीलाई सरकारमा पठाउने भएको छ । नयाँ मन्त्रिपरिषद्मा अरू दलबाट मा एक-एक जना मन्त्री बन्दै छन् । उनीहरुले आजै शपथ लिने बताइएको छ ।


