सिरहाको औरहि गाउँ पालिकामा १३ गते देखि दादुरा रुवेल खोप सुरु भएको छ ।
दादुरा–रुबेला खोप लिन छुटेका बालबालिकामा दादुरा संक्रमण भई ज्यानसमेत गुम्ने हुन सक्छ। गत वर्ष दादुरा संक्रमणका कारण नेपालगन्जमा एक जनाको मृत्यु भएको थियो। तथ्यांकअनुसार नेपालमा यो खोप लिन छुटेकै कारण गत वर्ष मात्र १३ हजार ४९ जनामा दादुरा संक्रमण देखिएको थियो।
चिकित्सकका अनुसार यो रोग दादुरा मिजल्स भाइरसबाट सर्छ। यो खोप नलिएका बालबालिकामा यसको संक्रमण भई एक जनाबाट १८ जनासम्मलाई सर्छ। कोभिड १९ भन्दा बढी जनामा संक्रमण गराउने क्षमता दादुराको भाइरसमा हुन्छ।
यसको संक्रमण भए आँखा र कान पाक्ने, ज्वरो आउने, शरीरमा डाबर देखिने, रुघाखोकी लाग्ने, पखाला चल्ने, मतिस्ष्क सुन्निने र पछि गएर निमोनियासमेत हुने चिकित्सकहरू बताउँछन्।
जटिलता बढ्दै जाँदा आाँखाको दृष्टिसमेत गुम्ने र निमोनियाले बालबालिकाको ज्यानसमेत लिन सक्ने भएकाले अभिभावकले सचेत हुनुपर्ने सुझा चिकित्सकहरू दिन्छन्। आमाका कारण यो रोग जन्मजात रूपमा पनि हुन सक्छ।
गर्भवतीमा यो भाइरसको संक्रमण भए विकलांग शिशु जन्मिने, शरीर या टाउको सानो भएको शिशु जन्मिने र गर्भमै बच्चाको मृत्यु हुने साथै आँखा नदेख्ने भएर जन्मिने पनि हुन सक्ने बताइएको छ। पहिला बालबालिकाको मृत्यु हुने कारणमध्ये दादुरा पहिलो हुन्थ्यो। पछिल्लो समय पनि १ प्रतिशत बालबालिकाको मृत्यु दादुरा–रुबेलाकै कारण हुन सक्छ।
दादुरा रुबेला अभियान सु ज मा बि औरहीको प्राङ्गण बाट सुरु भएको छ।कार्यक्रममा जिल्ला खोप समन्वय समिती सन्योजक, गा पा अध्यक्ष शिबजी यादव , प्रमुख जिल्ला अधिकारि ,स्वास्थ्य कार्यालय सिरहा प्रमुख, प्रमुख प्रशासकीय अमरेन्द्र यादब लगायत अन्य सरोकारवाला ,कर्मचारी ,विद्यार्थी र स्थानीयको सहभागी थियो ।