तस्करी र चोरी निकासीको नियन्त्रण र तेस्रो जनचाहना अनुरुपको प्रहरी सेवा ।

श्याम कुमार राई, महोत्तरी प्रहरी प्रमुख
एसपी भएपछि राईको पहिलो इन्चार्ज हो जिल्ला प्रहरी कार्यालय, महोत्तरी । अपराध अनुसन्धानमा अब्बल र काबिल प्रहरी अधीकृतको छबी बनाएका राई संगठनमा खरो अधिकृतका रुपमा चिनिन्छन् ।

प्रचारप्रसारमा भन्दा बढी काम गर्न रुचाउने एसपी राई प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ । कमाण्डिङ क्षमतामा राई अब्बल मानिन्छन् ।

मित्रबन्धु शर्मा, धनुषा प्रहरी प्रमुख
२३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका एसपी शर्मा प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन् । उनले आफ्नो कार्यकालमा विवादरहित काम गरेका छन् ।

प्रहरी संगठनभित्र गुमनाम जस्तै एसपी शर्मालाई हालका प्रहरी नेतृत्वले धनुषा जस्तो संवेदनशील जिल्लाको कमाण्ड दिएका हुन् । सबैको गुनासो सुन्ने अधिकृतको रुपमा चिनिएका एसपी शर्मा संगठनको हितमा काम गर्ने अधिकृत हुन् ।

सन्तोष आचार्य, सिरहा प्रहरी प्रमुख
आचार्यको समेत एसपीमा जिल्ला प्रहरी कार्यालय, सिरहा पहिलो इन्चार्ज हो । संगठनमा अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका आचार्य कसैको त्रास र आसमा नबस्ने अधिकृत हुन् ।

अपराध अनुसन्धानमा दख्खल राख्ने आचार्य प्रहरी संगठन र नेतृत्वको कुरामा सधैं अडिग रहन्छन् । छिट्टै अरुलाई विश्वास गर्ने उनी शालिन र भद्र स्वभावका प्रहरी अधिकृत हुन् ।

महेन्द्र कुमार श्रेष्ठ, प्रहरी प्रमुख रौतहट
एसपी श्रेष्ठ मधेस प्रदेशको सबैधन्दा बढी धेरै आपराधिक गतिविधि हुजे जिल्ला रौतहटको कमाण्डमा छन् । संगठनमा इमान्दार प्रहरी अधिकृतको छवि बनाएका श्रेष्ठ प्रचारप्रसारमा भन्दा बढी काममा ध्यान दिने गर्छन् ।

कर्मचारीको बनोबल उच्च राख्ने एसपी श्रेष्ठ प्रहरीको व्यवहार राम्रो भए कसैले पनि केही गर्न नसक्ने भन्दै काम गर्न प्रेरित गर्ने अधिकृत हुन् । सहभागितामूलक नेतृत्व लिने क्षमताका श्रेष्ठ अपराध अनुसन्धानमा समेत अब्बल छन् ।

गुजुसिद्धी बज्राचार्य, प्रहरी प्रमुख सप्तरी
प्रहरी संगठनमा कर्म सुनिने नाम हो, गुजुसिद्धी बज्राचार्य । तर, उनले एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीको कमाण्ड गरिरहेका छन् । संगठनमा उनी इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

सबैको गुनासो सुन्न सक्ने क्षमताका एसपी बज्राचार्य व्यवसायीक प्रहरी अधिकृत हुन् । प्रहरी संगठनका राम्रो छवि बनाउन सफल एसपी बज्राचार्य कसैको आस र त्रासमा बस्न नहुने बताउँछन् । त्यसैले उनको कार्यकालसमेत विवादरहित छ ।

यी आठ एसपीले प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको अडानमा मधेस प्रदेशका जिल्लाहरु कमाण्ड गर्ने अवसर पाएका हुन् । यता, आईजीपी कुँवरले समेत प्रहरी मापदण्डअनुसार सरुवा हुनुपर्ने अडान राख्दै आएका छन् ।

सम्वन्धित समाचार :