बरियारपट्टी ।सिरहामा छुट्टाछुट्टै ठाउँबाट मोबाइलको टेम्पर ग्लास र लागूऔषध सहित एक जनालाई  सशस्त्र प्रहरीले पक्राउ गरेको छन ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का सशस्त्र प्रहरी बल (बि ओ पि )ले भारत बाट  अबैध रुपमा भन्सार छलि ल्याको मोबाइलको टेम्पर ग्लास समात्न सफल भएको छ।

स प्र नि नबराज खत्रीको कमान्डमा गएको  मोटरसाइकल गस्ती टोलीले ९० बट्टा (९ सय थान)अन्दाजी मुल्यक ९० हजारको मोबाइलको टेम्पर ग्लास समातेको छन । पक्राउ गरेको सामान माडर भन्सार कार्यालय बुझाउन लगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गणको एसपी शिवप्रसाद गैरि जानकारी दिए ।त्यस्तै बरियारपट्टीको चमार (राम) टोल बाट लागूऔषध सहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।जिल्ला सप्तरी सुरुङ्गवा नगरपालिका वडा नम्बर ८का बसन्त चौधरीलाई लागूऔषध सहित पक्राउ गरेको छन ।निज संग Diagepam १२ pic,prenergan १० pic,prenorphne १३ pic लागूऔषध सहित पक्राउ गरेको छन ।पक्राउ गरेको चौधरीलाई इलाका प्रहरी कार्यालय बरियारपट्टी बाट जिल्ला प्रहरी कार्यालय सिरहा सनिवार पठाउने प्रहरीले बताएको छन ।

बरियारपट्टीमा सशस्त्र प्रहरी बलको स प्र नि नवराज खत्री आएको एक महिनामै भारत बाट अबैध रुपमा राजस्व छली गरेको लाखौं सामान समातेका छन।

सम्वन्धित समाचार :