
भारतीय एस एस वि द्वारा नेपाली लाई दुर्ववहार
बरियारपट्टी ।भारती एस एस वि द्वारा नेपाली लाई आज फेरि दुर्ववहार गरेको छन । जिल्ला मधुमनि लदनियाको एस एस वि १८ वटालियनको जवानले नेपाली महिला लाई दुर्ववहार गरेको छन। भारतीय बजार लदनिया बाट ३ बजेको समयमा खानपिनको सामान ल्याने क्रममा नेपाली महिलालाई कुटपिट समेत गरी …दुर्ववहार गरेको छ ।


बरियारपट्टी गाउँ पालिका वडा नम्बर ४ कि सुमिरा देवी लाई दुर्ववहार गरेको छन ।भारत वाट सामान ल्याउन एक … ..बस्नुपर्ने भने पछि महिलाले सामान छाडेर नेपाल आउन सफल भएको छ। महिलालाई एस एस वि १८ वटालियन जवानले निर्घात कुटपिट समेत गरेको प्रहरी बैजु महतो भने । त्यस्तै औरही गाउँ पालिका वडा नम्बर २ कि सविना खातुन संग यस्तै व्यवहार एस एस वि १८ वटालियन जवानले गरेको थियो । एक महिना पहिले गोलबजारको कपिल देवलाई निर्घात कुटपिट गरेको थियो । यस सम्बन्धमा एस एस वि १८ वटालियनका लदनिया प्रमुख गान्धि राम भने म यस विषयमा कुरा बुझदै छु पुनः फोन गर्दा फोन उठाएन ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गणको एसपी शिवप्रसाद गैरि भने यस सम्बन्धमा बरियारपट्टीको सशस्त्र प्रहरी बलको इन्चार्ज संग भुझदै छु र सम्बन्धि निकायलाई समेत जानकारी गराउछु ।
भारतीय एस एस वि द्वारा नेपालीलाई दुर्ववहार गर्नु कुनै नौलो घटना हैन ।दशगजा क्षेत्रमा ठोस संरचना नहुदा भारती एस एस वि ले सिमा विवाद होस या कुनै अन्य कारण नेपाली लाई पटकपटक दुर्ववहार गर्दै आएको छ । भारत बाट नेपालीले सामान ल्याउदा भारतलाई पनि नाफा हुन्छ ।