बरियारपटी ।सिरहामा लागूऔषध दुर्व्यसनी बढ्दै गएपछि सिरहा नगर पालिका वडा नम्बर १९ सचेत युवाहरू विभिन्न कार्यक्रम गरि वडा अध्यक्ष अशोककुमार यादवलाई ज्ञपन पत्र समेत बुझाएको छ। प्रोग्रेसिभ युथ कल्बले आयोजना गरेको कार्यक्रम बजारमा खुब चर्चाको विषय बनेको छ ।
भारतसँगको खुला सीमानाका, चिकित्सकहरुको सिफारिस बिना मेडिकलहरुले जथाभावी औषधी दिन थालेपछि दुर्व्यसनी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।


संस्थाको अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष्ाता गर्नु भएको नवीन यादवले भने लागुपदार्थ दुर्व्यसन जसले एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै विद्यालय कार्य, साधारण कामकाज, छोराछोरी वा अन्य हेरचाह गर्नुपर्नेहरूको जिम्मेवारी समेत लिन असफल रहन्छन् । सरसफाई कार्यमा अति कमजोर, अनिद्रा, खाना अरुचि, समय व्यवस्थापन अति कमजोर, अल्छिपन, क्रोध, विरोधि, नकारात्मक सोच हावि हुने, शत्रुतापूर्ण व्यवहार, नराम्रो संगत, अस्थिर प्रकृति, कमजोर मनोवल, व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा साथमा हुन सक्छ, यस्तो प्रकृति, विशेषता र व्यवहार रहेमा लागुऔषध दुर्व्यसनमा फसिरहेको आशंका गरिहाल्नु पर्दछ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी टेकु नन्द लिम्बूले प्रतिकूल सामाजिक, मानसिक र शारीरिक परिणामहरूका साथै कुलत एउटा यस्तो अवस्था हो जसको बिशेषता बारम्बार, बाध्यकारी, अपरिहार्य र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थ प्रयोगले हुन्छ । यो सामान्यतया लागुऔषध प्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागुऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागुऔषधको प्रयोग हटाउछ या रोक्छ । कुलतमा परेका बेला, व्यक्तिले लागुऔषध भन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ ।


डाक्टर कृष्णकुमार यादवले जब एक व्यक्तिको लागुऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्कसंगत छनौट गर्ने क्षमता हराउँछ, ऊ कुलतमा फसिसकेको हुन्छ ।
जुन समुदायमा उच्च मात्राको लागुपदार्थ दुर्व्यसन भईरहेको हुन्छ त्यहाँ हत्या, हिंसा र यस्तै जघन्य प्रकृतिका अपराधिक घटनाहरु वढि मात्रामा घटित भईरहेका हुन्छन् । वढिजसो आपराधिक क्रियाकलापमा लागुऔषध दुर्व्यसनिहरुको संलग्नता रहेको छ, वढिजसो दुर्घटना लागुऔषध सेवनकै कारण भएको छ । वढिजसो घरेलु हिंसा, द्वन्द्व, भिडन्त जस्ता क्रियाकलापहरु लागुऔषध दुर्व्यसनकै कारण भएको पाइन्छ भने अव्यवस्थित र विना योजनापूर्ण यौन सम्पर्कको कारण बढी गर्भधारण र यौन प्रशारित रोगहरू फैलिनुको मुख्य कारक पनि लागुऔषध दुर्व्यसन नै हो ।

जसले घरबार विहीन हुने, बेरोजगारी वढ्ने र लागूपदार्थकै कारण मृत्‍युदर र औसत आयुमा समेत नकारात्मक असर पारिरहेको कुरा हाम्रो सामाजिक आँकडामा स्पष्ट छ । यसैगरी धेरैजसो लागुपदार्थहरूले गर्भावस्थाको भ्रुणमा असर गर्दछ । मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शारीरिक हानी र साथसाथै विकास र बौद्धिक समस्याहरू हुन सक्छ । कोकिनको प्रयोगले जन्मदेखि अपाङ्ग हुन सक्छ । कार

सम्वन्धित समाचार :