बरियारपट्टी।चिसो बाट जोगाउन दि नेपाल डिष्टिलरिज प्रा.लि.संस्थाले बरियारपट्टी गाउँ पालिकाको प्राङ्गणमा विपन्न, वृद्ध, अशक्त, एकल महिलालाई मंगलबार कम्बल वितरण गरेको छ।


गरिब विपन्नहरुलाई सहयोग गर्दै आएको यस संस्थाले पालिकाको १५५ जनालाई न्यानो कम्बल वितरण गरेको गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतो जानकारी दिनुभयो ।

कम्बल वितरणका लागि संस्थाका प्रतिनिधिहरु,उपाध्यक्ष ममता यादव ,वडा अध्यक्ष सामाजिक अभियन्ता ,विभिन्न शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले यसअघि वीरगन्जमा ५४ जना अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गरेको थियो ।

सम्वन्धित समाचार :