बरियारपट्टी।मधेस प्रदेशका सिरहाको औरही गाउँपालिका पटकपटक विवादित बन्दै गएको छ ।
गाउँपालिकाको कार्यालयले आयोजना गरेको १७ औं बलिदानी दिवस कार्यक्रममा पार्टी प्रवेश गराएको भन्दै विरोध प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ताले तालाबन्दी गरिएको छ।
जनमत पार्टीको नेता कर्याकर्ताले पालिका अगाडि टायर बालेर स्थानीय सरकार विरोधमा नारावाजी समेत गरेको छ।यश पालिकामा तालाबन्दी गर्नु नौलो कार्य नरहे स्थानीय अशोक यादवले वताए ।
प्रेस विज्ञपति जस्ताको त्यस्तै
२०८० माघ ०७ गते
प्रेस विज्ञपति
आदरणीय जनसमुदाय ,
हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन वयवस्थामा रहेको सर्वविदितै छ। यसरी जनताको सहज र सुलब पहुच एबम छिटोछरितो काम होस् भनेर नै मुलुक संघीयतामा गई संघीय , प्रदेश र स्थानीय सरकार गरि तीन तहको सरकार निर्माण भएको अवस्था छ। यसका लागि सयकडौ नेपाली युवाले सहादत दिनु परेको छ । सयकडौ नेपालीको बलिदान बाट स्थापित तीनै तहको सरकारले जनताको करमा आइसमोज गर्ने र जनतालाई दु:ख दिने बाहेक केही गरेको छैन ।
आदरणीय जनसमुदाय ,
सरकार कुनै पार्टीको नभएर हामी सम्पुर्ण नेपाली जनताको हो। स्थानीय सरकार आफ्नैमा एउटा स्वतन्त्र सरकार हो । स्थानीय सरकारले गर्ने काम कार्वाही पार्टी विशेष नभई ,जनतामुखी र हरेक जनतालाई अपनत्व हुने गरि हुनुपर्ने हाम्रो धारणा रहेको छ। तर , यही माघ ०५ गतेको दिन औरही गाउँपालिकाले गरेको बलिदानी दिवस कार्यक्रम सरकारको भन्दा पनि पार्टीको कार्यक्रम भएकोमा दुईमत छैन। सरकारको लोगो तथा व्यानरमा भएको कार्यक्रममा एक अमुक राजनैतिक पार्टीको व्यक्तिहरुलाई सहभागी गराउनुको साथै पार्टी प्रबेश नै गराउनु घोर निन्दनीय काम हो।
यसबाट सत्ताको चरम दुरुपयोग भएको मात्र होइन , आम जनसमुदाय तथा सहिदहरुको समेत अपमान भएको छ। एक जना भ्रष्टाचारी पुर्ब मन्त्री उपस्थित रहेको कार्यक्रममा यसता क्रियाकलाप हुनु भनेको भुल नभई सत्ता र शक्तिको दम्भ प्रस्तुत भएको हाम्रो ठहर छ। त्यसैले त्यसता क्रियाकलापको घोर निन्दा गर्दै जनमत पार्टी औरही गाउँ एकाइ कमिटी तालाबन्दी गरेको जानकारीको लागि अनुरोध छ।