बरियारपट्टी।१७बलिदान दिवसको अवसरमा औरही गाउँ पालिकाले चिसोबाट जोगाउन विपन्न, वृद्ध, अशक्त, एकल महिलालाई शुक्रबार कम्बल वितरण गरेको छ।
न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, ज्येष्ठ नागरिक लाई कम्बल वितरण गरेपछि उनीहरुले खुशी व्यक्त गरे।
चिसो मौसममा कम्बल दिएर ठूलो सहयोग गरेकोमा खुशी प्रकट गर्दै झवरीदेवी सदाले धन्यवाद दिइन्।
चिसो बढेसँगै तराईमा जनजीवन प्रभावित बनेको र वृद्धवृद्धालाई असर पर्ने भएकाले प्रत्येक वर्ष न्यानो कपडा वितरण गरिने पालिका अध्यक्ष शिवजी यादवले बताए। चिसो मौसममा वृद्धवृद्धालाई बढी जोखिम हुने भएकाले चिसोबाट बचाउन परिवारका सदस्यहरूले विशेष ध्यान दिनुपर्नेमा उनले यादवले जोड दिए।