सिरहाको लहान नगरपालिका रहेको सहिद चौकमा बिहान ८ बजे सहिदको सालिकमा माला अर्पण गर्न डा. सीके राउत सहित नेताकार्यकर्ता आउने भूपू कृषि राज्य मन्त्री संजय यादवले जानकारी दिए ।

जनमत पार्टी सिरहाको आयोजनामा १७ औं बलिदानी दिवस तथा बृहत पार्टी प्रबेश कार्यक्रम माघ ०५ गते शुक्रबार बिहान १ बजे सिरहाको सन्हैठामा हुदैछ। कार्यक्रमको सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा. सीके राउत आउने जनमत पार्टीले जनाएको छ।
मधेश आन्दोलनको प्रथम सहिद स्व. रमेश महतो लगायतका सहिदहरुको सम्मानमा प्रत्येक बर्ष माघ ०५ गते बलिदानी दिवस मनाउदै आएको छ। जनमत पार्टीको आयोजनामा सिरहाको सन्हैठामा बलिदानी दिवस संगै बृहत पार्टी प्रबेश कार्यक्रम पनि हुने भएको छ। विभिन्न पार्टी बाट हजारौं नेताकार्यकर्ता जनमतमा प्रबेश गर्ने जनमत पार्टीले जनाएको छ।
सहिदको सम्मानमा सिरहाको सन्हैठामा नै रक्तदान कार्यक्रम पनि हुने जनाएको छ।

सम्वन्धित समाचार :