बरियारपट्टी ।जन जागरण संघको अध्यक्ष उपेन्द्र प्रसाद यादवले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ चौरी दास पोखरीको डिलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्रले लिएको लक्ष्य उक्त लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

अध्यक्ष यादवले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भएपनि सोअनुसारका लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै अध्यक्ष यादवले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पालिकाको पाँच वटै वडाका सम्पूर्ण कर्मचारीले शिक्षाको गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिएको थियोे ।
कार्यक्रममा जनप्रतिनिधि ,शिक्षक,पत्रकार ,इन्जिनियर ,स्वास्थ्यकर्मी ,राजनेतिकर्मि,अधिकृत ,किसान ,महिला र विद्यार्थीको सहभागी थिए ।उक्त कार्यक्रममा अवकाश कर्मचारीलाई सम्मान पनि गरेको थियो भने कलाकार ,लोक नित्य गर्ने विद्यार्थीलाई पुरस्कार पनि दिएको थियो ।

सम्वन्धित समाचार :