बरियारपट्टी ।नेशनल वित्तिय लघुबित्त संस्था लिमिटेडको बरियारपट्टी शाखाले प्रतेक वर्ष झैँ यश वर्ष पनि
सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ५ कदमाहा गाउँमा नि: शुल्क स्वास्थ्य शिविर सप्पन्न गरेको छ । नेशनल वित्तिय लघुबित्त संस्था लिमिटेडको आयोजनामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको संस्थाको प्रमुख कार्यकारी निर्देशक (सिईओ) राम बहादुर यादवले जानकारी दिए । ग्रामीण क्षेत्रमा स्वास्थ सेवाको पहुँचबाट बन्चित रहेका आम जनसमुदायलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ सिविरबाट ४ सयभन्दा बढीले लाभ लिएको सिईओ यादवले बताए ।
स्वास्थ्य शिविरमा डा. सतिस कुमार यादव, डा. प्रविन कुमार यादव, डा. राकेश कुमार यादव, डा. लक्ष्मी यादव, डा. मनोज अधिकारी यादव लगायत दर्जन भन्दा बढि विशेषज्ञद्वारा सेवा प्रदान गरिएको हो ।
शिविरमा स्त्री तथा प्रसुती रोग, बाल रोग, जेनरल फिजिसियन, अाँखा रोग लगायतका रोगहरुको ४ सय भन्दाबढि बिरामीहरुको चेकजाँच गरि नि:शुल्क औषधि दिईएको डा.सतिस कुमार यादवले जानकारी दिए ।
संस्थाको सिईओ रामबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको पुर्व सांसद अमिर यादवको प्रमुख आतिथ्यतामा कर्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिका प्रमुख सन्तोष महतो, उपप्रमुख प्रमुख ममता यादव लगायतको उपस्थित रहेको थियो ।
नेशनल लघुबित्तद्वारा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न ।
नेशलन लघुवित्त वितिय संस्था लिमिटेडले सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ५ कदमाहामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सिईओ रामबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस सिरहा सभापति रामचन्द्र यादव रहेको थियो ।
कार्यक्रम विशिष्ट अतिथिको रुपमा पुर्वमन्त्री संजय कुमार यादव, प्रदेश सांसद जिबछि यादव, पुर्व सांसद अमिर कुमार यादव,वडा अध्यक्ष बिनिद यादव, नेपाली काङ्ग्रेसको नेता उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रको नेता अजय कुमार यादव, संस्थाको कदमाहा शाखाको प्रबन्धक प्रमोद यादव, जिरोमाईल शाखाको दिपेश कुमार गोईत, बरियारपट्टि शाखाको सरोज कुमार यादव लगायतको उपस्थित रहेको कार्यक्रम व्यवस्थाक आशाराम यादवले बताए । कार्यक्रममा एसएस ग्रुप लहानद्वारा सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्त्व्य रामलोचन यादव, कार्यक्रम संचालन अशोक यादवले गरेको थियो