नेपालीको महान् चाड दशैँ पाच दिन बितिसक्दा पनि बरियारपट्टी गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाको कर्मचारी तलबभत्ता र चाडपर्व खर्च पाएको छैन। दशैँमा पैसा धेरै आवश्यकता पर्छ । चाहे जिरामसला किन्न होस् वा माछामासु किन्न । त्यस्तै, गाउँघर जान, लुगा किन्न तथा टीका लगाइदिएपछि दक्षिणा दिन पनि पैसाकै आवश्यकता पर्छ । दशैँ नेपालीको सबैभन्दा ठूलो चाड हो । दशैँमा नै सबैभन्दा बढी खर्च हुन्छ । कर्मचारी रामसुफल यादवले भने यसपालिको दशैँ आँगनमा आइसकेको छ तर आफूले तलब भत्ता अहिलेसम्म नपाउदा परिवार सपनामा पानी फेरिएको छ ।
© 2025: Sima Post | All right reserved | Privacy Policy