मुकेश कुमार यादव बरियारपट्टी। पशिक्षकलाई प्रविधिक मैत्रीको लागि सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ श्रि जनता माध्यमिक विद्यालय देउरिपटृी शिवनगरले पहिलो चरणमा सामुदायिक विद्यालयमा कार्यरत १६ जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ।
विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि बुधबार विभिन्न विषय अध्यापन गराइरहेका शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको प्रधानाध्यापक उमेश प्रसाद साहले जानकारी दिए।
विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत विद्यालयका १६ जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक उमेश प्रसाद साहले शिक्षकहरुलाई सो ल्यापटप हस्तान्तरण गरे।
उनले विद्यार्थीहरूलाई आधुनिक शिक्षा प्रदान गर्न प्रविधिले सरल बनारउने बताए।
ल्याटप वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकाको जेष्ठ सदस्य योगेन्द्र यादवको पिटिएका अध्यक्ष बालेश्वर यादव ,गिता ठाकुर,बलान्द झा,शिक्षक श्याम नारायण यादव लगायतले आधुनिक प्रविधिले विद्यार्थीहरूलाई पठनपाठन तथा अन्य कार्य गर्न शिक्षकहरुलाई सुविधा पुगेको वताए।
दोस्रो चरणमा बाकी रहेको शिक्षकहरूको ल्यापटप वितरण कार्य गरिने साहको भनाइ छ। स्वागत मन्तव्य शिक्षक रामउदगार साहले गरेको थियो।प्रधानाध्यापकको मन्तव्यमा शिक्षकहरूले ल्यापटपको प्रयोग वाट शिक्षण सिकारमा प्रविधि मैत्री हुनुको साथै गुणस्तर युक्त र उपलब्धि मुलक शिकाईमा सहयोग हुने प्रधानाध्यापक साहले जोड दिए।हिन्दुहरुको महान चाडपर्व बडा दशैको शुभकामना समेत दिए ।सो विद्यालयमा वक्तृत्वकला प्रतियोगिता उतकृष्ट विद्यार्थी हरूलाई उतसाहित गर्दै पुरुशका वितरण गरे ।