मुकेश यादव बरियारपट्टी ।सिरहाको औरही गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले विगत लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दे अहिले वडाध्यक्षको रुपमा नागरिकसँग रहनुभएको छ । उहाँसँग सामाजिक कार्यलाई कसरी अगाडी बढाउने, विकास निर्माण र व्यवसायसँग सम्बन्धी धेरै अनुभव पनि छन् । वडाअध्यक्ष यादवले लामो समय सामाजिक क्षेत्रमा काम गरिरहनुभएको हुँदा उहाँले आफ्नो वडालाई कसरी समृद्ध बनाउनु हुन्छ भन्ने विषयमा टिमले गरेको संवाद:
अध्यक्ष ज्यू नमस्कार, यहाँलाई सिमा पोष्ट संवादमा स्वागत छ ?
– धन्यवाद
जनप्रतिनिधिको रुपमा एक वर्ष विताउँदा आफ्नो कामलाई कसरी मूल्याङकन गर्नू हुन्छ ?
– यो एक वर्ष विताउँदा हामी १५ वर्षपछिको अवसर हामीलाई प्राप्त भएको छ । यसको सहि सदुपयोग गर्न सकियो भने वडाको समृद्धिमा महत्वपूर्ण योग्दान पुग्नेछ भन्ने विश्वास लिएको छु । मैले एक वर्षको काम गर्दा सवै तहबाट सहयोग प्राप्त भएको छ ।
वडाभित्र गरेका मुख्य मुख्य कामलाई उल्लेख गर्नुपर्दा सम्झनु पर्ने कामहरु के होला ?
– शिक्षा क्षेत्रमा बिद्यार्थीको ज्ञानको आधार ( base )सुधार्न गाउँ पालिका संग समन्वय गरि १ कक्षा देखि १० कक्षा सम्म कोचिङ कक्षा संचालन गरे,त्यसपछि पुल पाठ्यक्रम ( bridge course ) कक्षा संचालन गर्न १ लाख खर्च भयो त्यसमा पालिकाले ४५ हजार मैले तलबभत्ता वाट ५५ हजार दिए। फेरि मैले लोकसेवा कक्षा संचालन गरे यति मात्र हैन आधारभूत विद्यालय तेनुवापट्टीलाई ३ लाख रकम दिई कक्षा ८ संचालन सहयोग गरे।आधारभूत विद्यालय कमलपुरमा ३ लाख रकमको कम्प्युटर तथा अन्य सम्म किन सहयोग गरे ।आधारभूत विद्यालय गोठमा ३ लाख रकमको जस्तापाता र अन्य समान किन्न सहयोग गरे ।
कृषि क्षेत्रमा किसान उत्पादनमा वृद्धि गर्न टान्सफोरम,पोल ,पोलमा तार जडान गरे यति मात्र हैन किसानलाई कृषि मिटरको लागि बिधुत प्राधिकरण जान कठिनाइ हुन्छ भने मास्टर मिटर २ थान जडान गरे ।जुन मास्टर मिटर वाट ३०० किसानले सिचाइ गरिरहेको छ ।सिरहाको १७ पालिका मध्ये औरही गाउँ पालिको वडा नम्बर ४ मा मात्र मैले धानको उन्नत जातको मुल बिउ वितरण गरेको छु ।
कुलो ठाउँठाउँमा पुरेको कारण खजनपुरको सहजा नदिको पानीले सिचाइ गर्न किसानलाई सास्ती भएपछि गाउँ वडामा आर्थिक स्रोत नभए पनि पालिका वाट जेसिबि ल्याई जेसिबि लग्ने इन्धन (डिजल )रकम अहिले आफ्नै खल्ती वाट दिई कुलो सरसफाइ गरि किसान सिचाइ गर्न सहयोग गरेको छु ।आकाशे पानीको भरमा किसानको खेतीयोग्य जग्गा बाँझो न परोस् भन्ने गाउँ पालिका र वडा सहयोग बाध बाधी किसानलाई सहयोग गरेको थियो ।वर्षा याममा वडाको केही ठाउँ डुबान पर्दा वडा वाट ५० हजार रकम र गाउँ पालिकाको सहयोगमा बाध बाधेर डुबान वाट बचाउन सफल भएको छु ।कृषि सडक पनि निर्माण गरेछु ।भोला बाबा मन्दिर जाने बाटोमा होमपाईप तथा कलभट निर्माण गरेको छु ।
भेटनरीमा पशुपन्छी विभिन्न रोगबाट जोगाउन ४ लाखको औषधि खरिद गरे।पशुलाई लम्पी स्किन रोग वाट जोगाउन वडामै भ्याक्सिन सेवा सुचारु गरे।काम गरेको कतिपय रकम पालिका वाट निकासा हुन बाकी नै छ त्यो कहिले हुन्छ थाहै छैन । वडा भित्रका कृषकहरु व्यवसायी उन्मुख भएका छन् । वडाको समृद्धिको लागि कृषि क्षेत्रको योगदान रहेको छ ।
यो एक वर्षको अवधिमा आधारभूत जनताको आर्थिक सुधारका कस्ता कार्यक्रम संचालन भए ?
– जनताको आर्थिक उन्नतीको निमित्त उत्पादनको हिसावले कृषकहरु व्यवसायी तर्फ उन्मुख भएका छन् । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना,सप्तरी र वडाको सहयोग अन्तरगत आँप व्यवसाय ,दुध उत्पादन,नमुना तरकारी खेती र प्याजको बेर्ना प्रमुख रहेको छ । वार्षिक रुपमा लाखौं बराबरको कृषि उपज विक्री गरी आम्दानी प्राप्त गर्न सफल भएका छन् ।
आर्थिक वर्षको अन्तिम तिर कर्मचारी नहुँदा विकास निर्माण र योजना निर्माणमा कस्ता समस्या झेल्नु परेको छ ?
– विशेष गरेर मेरो वडामा त्यस्तो समस्या देखिएन । कर्मचारीको अभाव हुँदापनि गाउँपालिका मार्फत आवश्यक कामहरुमा सहयोग प्राप्त भयो ।
हुलाकी राजमार्गले वडाको अधिकांश भाग जोडिएको हुँदा सडकमा धेरै लगानी गर्नुपर्ने अवस्था छैन, सडकको लगानीलाई कुन क्षेत्रमा केन्द्रित गर्नुभएको छ ?
– मेरो वडामाको धेरै क्षेत्रफलमा हुलाकी राजमार्ग पुगेको छ । हुलाकी राजमार्गले गर्दा सडक सञ्जालको लागि केहि पुरानो सडकमा स्तोरउन्नती गरिएपनि सडकको बजेट बचत गरेर कृषि क्षेत्रमा लगानी गरिएको छ । वडालाई कृषिको नमुना वडा बनाउने उद्देश्यले कृषि क्षेत्रलाई अगाडी बढाइएको छ ।
जनताहरुको आवश्यकता धेरै छन् । जसलाई तपाईले प्राप्त गर्ने स्रोत साधनबाट पुरा गर्नु सक्निुभएको छ की छैन ?
– सवै आकांक्षाहरु पुरा गर्न कठिन छ । जनताका धेरै आकांक्षा भएपनि अहिले आवश्यकीय न्यूनतम आवश्यकताहरु पुरा गरेको अनुभुति गरेको छु । वडामा भएका स्रोत र साधनहरुको पूर्ण रुपमा प्रयोग गरेर जनताको सेवा गरेका छौं ।
जनताबाट विशेष गरी कस्ता प्रकृतिका गुनासाहरु आउने गरेका छन ?
– जनताहरुबाट पूर्वाधारका कुराहरु, शिक्षा क्षेत्रका विषयमा धेरै गुनासाहरु आउने गरेका छन् ।
समस्याको समाधान कसरी गर्नुभएको छ ।
– पूर्वाधार, शिक्षा, स्वास्थ्या गुनासाहरुलाई सवपक्षिय सहमतीमा गुनासाहरु समाधान गरिएको छ ।
तपाईले काम गर्दा भोग्नुपरेको मुख्य समस्या के के हुन ?
– त्यस्तो ठूलो समस्या त मलाई काम गर्दा आइलागेको छैन । साना तिना समस्यालाई सामुहिक छलफलबाट नै समाधान गर्ने गरिएको छ ।
विशेष गरी उपभोक्ता समितिलाई जवाफदेही बनाउन कस्तो संयन्त्र अबलम्बद्ध गर्नुभएको छ ।
– विशेष गरेर उपभोक्ता समिति भनेको योजनाका कामलाई कसरी परिणाम मुखी बनाउन सकिन्छ र योपनि हाम्रो दायित्व हो भन्ने अनुभुति उपभोक्तामा हुन जरुरी छ । हामीकोमा गठित सवै उपभोक्ता समितिहरु अत्यन्तै जिम्मेबार तबरले अगाडी बढेको पाइन छ ।
उपभोक्ता समिति गठनमा एक लौटी भयो भन्ने गुनासो छ नी
– जुन ठाउँमा त्यस्तो भएको छ । गुनासाहरु होलान तर मेरो वडा भित्र त्यस्तो कुनै गुनासो छैन । उपभोक्ताको अवश्यकता र योजना सम्पन्न गर्ने क्षमतावान र विश्वास योग्य व्यक्तिहरु मार्फत उपभोक्ता समिति गठन गरिएको छ ।
तपाईको कार्य अवधिमा आधारभूत जनताले के पाउँछन ?
– मेरो कार्य अवधिमा वडाका प्राय कृषकहरु व्यवसायक बन्ने छन् । गरिविको रेखामुनि रहेका जनताहरु लाई माथि उठाउन पालिका लगायत वडाले अगाडी सारेका योजनाबद्ध कार्यक्रमले आधारभुत तहका जनताहरुलाई माथि उठाउन मद्धत पुग्नेछ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र न्यूनतम रोजगारको बातावरण सिर्जना हुनेछ ।
प्रतिपक्षको भुमिका कस्तो छ ।
– मेरो वडामा योजनाका कामहरु अन्य विकास र समृद्धिका योजनाहरुमा प्रतिपक्ष वा पक्ष भन्ने कुनै विषयले महत्व राखेको छैन । सवैलाई समानहिसावले व्यवहार भई सवै पक्ष सन्तुष्टि भएको अवस्था छ ।
© 2025: Sima Post | All right reserved | Privacy Policy