मुकेश यादव लहान असोज १६ ।सशस्त्र प्रहरी सिराहा द्वारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हे.क्वा सिरहाबाट खटिएको टोलिले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका वडा नम्बर १८ तारापट्टीवाट भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मुल्य रु ८० लाख बराबरको ७८ पोका कपडा नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको सामान आबश्यक कारवाहिको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने प्रकृयामा रहेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा एसपी प्रमोद भारती वताए ।
राजस्व अनुसन्धान कार्यालय इटहरीले तीन दिनदेखि सिराहामा लगातार छापा मारेको छ। राजस्व अनुसन्धानको टोलीले सिराहामा विशेष निगरानी बढाएको छ।
सुराकीको आधारमा खटिएको राजस्व अनुसन्धानको टोलीले आज बिहान सीमावर्ती सिराहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको हो।
छापा मर्ने क्रममा करिब ३२ लाख मूल्यको १६ गाठ लत्ताकपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले बताए।
गत शनिबार राजस्व अनुसन्धानको टोलीले सिराहा नगरपालिका– १५ वाट ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो। आइतबार दिउँसो भन्सार छली ल्याइएको लत्ताकपडा बोकेको ट्रकलाई चोहर्वाबाट नियन्त्रणमा लिएको थियो।
ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरका प्रमुख डिएसपी रामहरि खतिवडालाई सशस्त्र प्रहरीको बर्दिबास बाहिनी तानिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !