Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

Sima Post Sima Post
२१ श्रावण २०८०, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
29
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी । सरकार परिवर्तन हुन्छ, कर्मचारीको सरुवा हुनसक्छन् तर मधेस प्रदेशमा त्रिकोणत्मक सेटिमा तस्करी राज न त रोकेको थिए न त रोकिएको छ।
शनिबार दिउँसो ३ः३० बजेको समयमा सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ३ मरिकटोलस्थित भारतबाट ल्याउँदै गरेको अन्दाजी ६ लाख ४८ हजार मूल्य बराबरको अवैद्य लत्ताकपडा, चप्पल लगायतको समानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सिरहाले सो स्थानबाट तीन वटा मोटरसाईकलसहित ९ लाख ४८ हजार मूल्य बराबरको समान बरामद गरेको हो तर तस्कर समात्न सकेन किन ?
साउन १ गते प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ गण्डकस्थित सडकबाट बिलबिजक भन्दा बढी मूल्यको सामान बोकेको ट्रक र पिकअप नियन्त्रणमा लियो। त्यसमा भारतबाट भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडा रहेको प्रहरीले जनाएको छ।

ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३–०१–०२२ च ३५५५ नम्बरको पिकअप गाडीसहित बरामद मालसामानको १ करोड ४३ लाख ६४ हजार २२ रूपैयाँ मूल्यांकनसहित अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यलय पथलैया बुझाइएको पर्सा प्रहरी प्रवक्ता(डिएसपी) दीपक गिरीले जनाएको छ।

समाजिक संजाल बाट

असार २९ गते वीरगन्ज प्रहरीले वीरगन्ज महानगरपालिका–२५ आइसिपी गेटबाट बिलबिजकभन्दा बढी औषधि तथा लताकपडा सामान बोकेको मालबाहक ट्रक नियन्त्रणमा लियो। वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ३९७८ नम्बरको मालवाहक ट्रकमा बिलबिजकभन्दा बढी सामान देखिएपछि ५६ लाख ५८ हजार १ सय ८६ रूपैयाँ मूल्यांकनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता दीपक गिरीले बताए।

समाजिक संजालमा विजय साहले लेखेको सहि सत्य के हो छानबिन होस् र दोषीलाई कर्वाई होस

असार २७ गते वीरगन्जको विभन्नि नाकाक्षेत्रबाट प्रहरीले भन्सार छलीका बेवारिसे सामाना बरामद गरी कारबाहीका लागि भन्सारमा बुझायो। वीरगन्ज, छप्कैया, इनर्वाबाट प्रहरीले चोलोको ५ थान कपडा, नेटको ५ थान कपडा, सुरुवालको १ थान कपडा, कुर्थासुरवाल २० पिस, चिनी, थान कपडासहित एक लाख ९१ हजारको सामान बराद गरी भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

साउन १ गते प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ गण्डकस्थित सडकबाट बिलबिजक भन्दा बढी मूल्यको सामान बोकेको ट्रक र पिकअप नियन्त्रणमा लियो। त्यसमा भारतबाट भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडा रहेको प्रहरीले जनाएको छ।

असार २६ गते पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका २१ परवानीपुर चोकबाट बिलविजकभन्दा बढी औषधि तथा खुद्रा सामान बोकेको मालबाहक ट्रक नियन्त्रणमा लियो।

ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्दा बिलबिजक भन्दा बढी मालवस्तुहरू लोड रहेको र बिलबिजकसमेत शंकास्पद देखिएको हुँदा ५५ लाख ७० हजार ६ सय ३८ रूपैयाँ मूल्यांकसहित औषधि तथा खुद्रा सामान लोड ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता दीपक गिरीले बताए।

असार १९ गते पर्सा प्रहरीले बिलबिजक भन्दा बढी स्टेसनरीका सामन बोकेको मालबाहक ट्रक ड्राइपोर्टबाट वीरगञ्जतर्फ ल्याउँदै गर्दा वीरगन्ज महानगरपालिका २४ रामगढवा चोकबाट नियन्त्रणमा लियो। ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रकरोकी जाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी मालवस्तु लोड रहेको तथा सो बिलबिजक शंकास्पद देखिएको हुँदा ५९ लाख ८३ हजार ४२ रूपैयाँ मूल्यांकनसहित स्टेसनरीका समानसहित ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी प्रवक्ता गिरीले बताए।

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याउँछ। सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र सीमाक्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको मुख्य भन्सार नाकासहित अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ। रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिने गरेको सीमाक्षेत्रका वासिन्दा बताउँछन्।

वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन्। पछिल्लो समय सीमा सुरक्षा बललले समेत तस्करी खुकुलो पारिदिँदा तस्करको रजाइँ छ। विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजस्व छलीका कपडालगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारेबारीले देशको विभिन्न सहरमा पुर्‍याउने गरेका छन्।

मदिरा तस्करीको केन्द्र मधेस

भारतको जयनगर प्रहरीले सोमबार राती कमला नदी किनारबाट दुई हजार पाँच सय बोतल मदिरा बरामद गर्यो। सिरहा र धनुषाको साझा नदी कमला हुँदै मदिरा भारत तस्करी गर्नेहरू प्रहरीलाई देखेर मदिराको बोरा छोडेर भागेका थिए। तस्करहरू नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको प्रहरीले जनाएको छ। बरामद मदिरा शौरभ सौंफी रहेको जयनगर थानाले जनाएको छ।

आइतबार जयनगर प्रहरीले जयनगर नजीकको बैरागुमानी टोलबाट सप्लाइका लागि भन्डारण गरिएको ४ हजार ७ सय १० बोतल नेपाली मदिरा बरामद गर्यो। जयनगर प्रहरीका अनुसार नेपालबाट भित्रिएको उक्त परिमाणको मदिरा तस्करले जयनगरबाट अन्यत्र लग्ने तयारी गरिरहेका थिए। प्रहरीमा सूचना चुहिएको थाहा पाएर तस्कर समूह तीनवटा मोटरसाइकल र मदिरा छोडेर भागेको प्रहरीले जनाएको छ।

जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने सैयौं भारतीय तथा नेपाली पक्राउ परिसकेको प्रहरी बताउँछन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेधित गरेपछि नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा तस्करी हुँदै आएको छ।

भारतसँग सीमा जोडिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरीका, सर्लाही बारा, रौतहट र पर्साका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो संगठित रूपमा फैलिँदै गएको छ। पर्सा प्रहरीले असार २७ गते इनर्वा नाकाबाट भारततर्फ लगिरहेको अवस्थामा २८ बोतल गोल्डेन ओके र ५५ बोतल कस्तुरी मदिरा बराद गर्यो। तस्करसँग तालमेल नमिल्दा प्रहरी र सशस्त्र प्रहरीले बेलाबेला बेवारिसे मदिरा बरामद गर्छ। तर, तस्करको संगठित सञ्जालसम्म पुग्न प्रहरी सकेको छैन।

पछिल्लो समय मदिरा र चाइना एपल तस्करी फस्टाएको नाका हो सप्तरी। यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा नाकाबाट दैनिक मदिरा तस्करी हुन्छ। दिनभरि तस्करीको मदिरा ढुवानी गरी डुंगा चल्ने ठाउँसम्म भण्डारण गरिन्छ। रातिराति उक्त नगरपालिकाका ६ र ८ नम्बर वडाका किलो नौंज (डुंगा खुल्ने ठाउँ) बाट डुंगामा राखेर गोबरगाढा टापुसम्म मदिरा पुर्‍याइन्छ। र, त्यहाँबाट मदिराका कार्टुन बोरामा राखी घोडामार्फत भारततर्फ तस्करी गरिन्छ। हनुमाननगरका एक स्थानीयका अनुसार यो धन्दा त्यहाँका लागि नौलो होइन, सदाबहार हो। यता (वारि) सय रूपैयाँ मूल्य पर्ने मदिरा पारि (भारत) पु¥याउँदा हजारमा बिक्छ,’ तस्करीमा संलग्न एक कारोबारीले भने, ‘पारि मदिराको मूल्य मनपरी छ।’

भारतको जयनगर प्रहरीले सोमबार राती कमला नदी किनारबाट दुई हजार पाँच सय बोतल मदिरा बरामद गर्यो। सिरहा र धनुषाको साझा नदी कमला हुँदै मदिरा भारत तस्करी गर्नेहरू प्रहरीलाई देखेर मदिराको बोरा छोडेर भागेका थिए।

तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट चाइना एपल, मदिरा पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्। तस्करीका लागि सप्तरीका हनुमाननगर, कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाइन नाका उर्वर छन्।

धनुषा र सिरहाको साझा कमला नदीको पूर्वी र पश्चिमी तटबन्धको बाटो मदिरा तस्करका लागि सुरक्षित मानिन्छ। यस नदीको पूर्वी तटबन्ध सिरहातर्फ छ भने पश्चिमी तटबन्ध धनुषामा पर्छ।

मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय पुलिससँग त्रास हुन्छ। मदिरा तस्कर वारि बसेर पारिका एसएसबी र पुलिस नियाल्छन्। मौका मिल्नासाथ मदिरा सीमा कटाउँछन्। कतिपय नाका क्षेत्रमा मदिरा तस्करले एसएसबीसँग मिलेमतो गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्। सीमानाका क्षेत्रका बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको स्थानीय बताउँछन्।

सिरहाको ठाँढी,ब्रहरी,बरियारपट्टी,औरही,कमलपुर,लगडिगोठ, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ। मदिरा, मरिच, स्याउ तस्करी टाउकोमा बोकेर र मोटरसाइकलको प्रयोग गरेर भइरहेको पाइएको छ। सिरहाको ठाँढी र अभयनगर नाकाबाट संगठित रूपमा खसीको तस्करी भइरहेको छ। भारतबाट भने खसी तस्करी भई वारि ल्याउन यो नाका चर्चित छ। संगठित गिरोह मात्र पारिबाट सेटिङमा खसी नेपाल तस्करी भैरहेको अभयनगरका एक स्थानीयले बताए।

तस्करीको जालो

मधेस प्रदेशमा भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज चलेको छताछुल्ल पार्न जेठ ३२ गतेको घटना काफी छ। सिरहाको ठाढीबाट भित्रिएको भन्सार छलीका सामान बोकेको ट्रक मधेस प्रदेशको आठवटै जिल्लाको सुरक्षा पोष्ट बेरोक पार गरेको थियो। मकवानपुर प्रहरीले भारतीय नम्बरको उक्त ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्याजका बोराहरूमा ठूलो परिमाणमा भन्सार छलीका कपडा तस्करी गरी लैजाँदै गरेको तथ्य पर्दापास भयो।

पक्राउ परेको ट्रकमा विभिन्न किसिमका ९० बोरा भन्सार छलीका कपडा थियो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतको निगरानीमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त ट्रकलाई नियन्त्रणमा लिएको थियो। हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्ट अगाडी पूर्व–पश्चिम सडक खण्डमा सिराहाको ठाढी नाकाबाट हेटौडा तर्फ आउँदै गरेको ०६ जिई ५०५३ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा सो ट्रकको पछाडिको भागमा चारैतिरबाट प्रति बोरा ५० किलोको १६८ बोरा प्याजको भन्सार काटी प्याजकै बोराहरूले छोपीबीच भागमा कपडा राखिएको थियो।

बरामद सामानहरूमा पाइन्टको कपडा १ करोड २८ लाख ९६ हजार र सुटको कपडा ३ लाख, सर्टको कपडा १६ लाख ७६ हजार २५० रूपैयाँको रहेको प्रहरीले अनुमान गरेको छ। यसैगरी कुर्ता १ लाख ३ हजार रूपैयाँको, कोरा कपडा ५ लाख २५ हजार रूपैयाँको रहेको प्रहरीले जनाएको छ।

मधेस प्रदेशमा भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज चलेको छताछुल्ल पार्न जेठ ३२ गतेको घटना काफी छ।

यो तस्करीमा ठाढीका भन्सार र सुरक्षाअधिकारीको मात्र मिलेमतो नभई मधेस प्रदेशस्तरबाटै सेटिङ मिलाइएको स्रोतको दाबी छ। घटनाको इमान्दार छानविन भए भन्सारकर्मीदेखि धेरै सुरक्षाकर्मी फन्दामा पर्ने ती स्रोतले बतायो।

भन्सार कार्यालय ठाढीका नायव सुब्बा वसन्त कुशवाहाका अनुसार जेठ ३२ गते दिउँसो ११ बजे गोदाबरी माता इन्टरनेसनल भगवानपुर, सिरहाको नाममा प्रज्ञापन जारी भएको हो। ५० किलोको ३४५ बोरा प्याजको प्रज्ञापन जारी भएको बताउँदै उनले भने, ‘भगवानपुरसम्म जाने माल कसरी मकवानपुर पुग्यो थाहा भएन। हामीले प्याज पठाएका हौं। प्याजमा कपडा कसरी पस्यो थाहै भएन। हामीले माथिका चारवटा प्याजको बोरा जाँच गरेर पठाएका थियौं, प्याजको बोरा तल कपडाबारे पत्तै पाएनौं।’

ओरालो झर्दै राजस्व, उकोलो चढ्दै तस्करी

भन्सार छलीका मालवस्तु भित्रिने क्रम बढेपछि यस भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। नेपालको प्रवेशद्वारको रूपमा रहेको वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७९/८० मा लक्ष्यको ६०.२ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ।

वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७९/८० मा २ सय ६० अर्ब रूपैयाँ राजश्व असुलीको लक्ष्यमा १ सय ५७ अर्ब मात्र राजश्व उठाउन सकेको छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिल्लाराम पन्थी भन्छन्, ‘आर्थिक मन्दीको असरले समग्र आयात नै घटेको छ। राजश्वमा सर्वाधिक योगदान गर्ने मुख्य वस्तु नयाँ सवारी साधन र इन्धनको आयातमा आएको कमीले राजस्व असुली घटेको हो।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२१ श्रावण २०८०, आईतवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२१ श्रावण २०८०, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२१ श्रावण २०८०, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२१ श्रावण २०८०, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२१ श्रावण २०८०, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२१ श्रावण २०८०, आईतवार
Next Post
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी