सिरहाको औरही गाउँपालिका वडा नम्बर १ हरकट्टीमा खाद्य तथा पोषण कलष्टर इकाई राजविराजको सहयोग वावा तिलक सिंह समुहको आयोजनामा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सब हरकट्टीको खेतममा सम्पन्न भएको छ ।
‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि,धान उत्पादनमा वृद्धि’ भन्ने मुल नारा सहित धान दिवस कार्यक्रम गरीएको हो । कार्यक्रममा बोल्दै खाद्य तथा पोषण कलष्टर एकाई राजविराज कार्यालय को अधिकृत बिजय मण्डले उन्नत जातको धानको बिउ खरीद गरी समुहको सदस्यलाई अनुदानमा वितरण गरेकाले अब सबै किसानहरु उन्नत जातको धानको बिउ प्रती आकार्षित हुन आग्रह गर्नुभयो ।
रासायनिक मलको अभाव राष्ट्रिय समस्या रहेकाले आफु दुखि भएको बताउदै रासायनिक मललाई न्यूनीकरण गरी प्राङ्ग्गारीक मलको प्रयोग तर्फ लाग्न आग्रह गर्नुभयो । जलवायु अनुकुलित प्रविधि अपनाएर धान उत्पादनमा वृद्धि गर्ने प्रमुख उदेश्यका साथ २० औं धान दिवसको अवसरमा धान रोपाइ महोत्सव आयोजना गरीएको मण्डलले बताउनुभयो ।
धान दिवस कार्यक्रमा किसान ,कर्मचारी ,पत्रकारको उपस्थिति थिए ।