बिरेन्द्र प्रसाद नेपाल
लहान । सिरहाको कर्जन्हा नगरपालिकाको ११ औ नगर सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कर्जन्हा ६ मा पर्ने कमला नदिको बगारमा रहेको जस्ताको पताले छाना भएको खुल्ला भवनमा प्रचणड गर्मी खेपेर नगरपालिकाको मेयर भोला प्रसाद पोख्रेर, उप मेयर लक्ष्मि श्रेष्ठ लगायत उपस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, सम्पूर्ण नगरवासि तथा सम्पूर्ण कर्मचारीहरू सुरक्षाकर्मी पत्रकारहरु उपस्तिथि रहेका थिए ।

उप मेयर श्रेष्ठले २०८०/८१ को नीति तथा कार्यक्रमहरु प्रस्तुति गरेकी हुन । नगरपालिकाको विकास र समृद्धिमा सक्रिय योगदान र सहकारिताको अपेक्षा सहित आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम निर्माण गरेका छन । नेपालको संविधान मौलिक, राज्यका निर्देशक सिद्धान्त, नेपाल सरकारको नीति तथा कार्यक्रम, २०८०/०८१ को बजेट तथा कार्यक्रम पन्ध्रौं आवधिक योजना दिगो विकासको लक्ष्य, प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई पनि आत्मसात गरी यो नीति कर्यक्रम तयार गरिएको छ । हाल देखिएको विश्व आर्थिक मन्दिको असर विश्वभर फैलिरहेको अवस्थामा नेपालकमा पनि यसले समग्र देशसंगै ग्रामीण तथा शहरी अर्थतन्त्रमा नराम्रो असर पारेको सबै साक्षी रहेका छौ । यस चुनौती सामना गर्नका लागि हामीमा रहेका सबै सम्भावनाहरूलाई अधिकतम परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ । यस नीति तथा कार्यक्रम निर्माणका क्रममा नगर कार्यपालिका सदस्यहरूः सम्पूर्ण नगरसभा सदस्यहरू कर्मचारीहरू, बुद्धिजिवीहरू, शिक्षाविदहरू एवम् सम्पूर्ण नगरवासी शुभचिन्तकहरूको अमूल्य सुझावहरू यथासम्भव समावेश गर्ने प्रयास गरेका । यस नगरपालिकाको समृद्धि र विकास गर्नका लागि सम्पूर्ण नगरपालिकाका पदाधिकारी र सरोकारवाला सबैमा हार्दिक आह्वान गर्नुका साथै आगामी चार वर्षे कार्यकालमा यस नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने उप मेयर्ले प्रतिबद्धता सुनएकि छिन।

सम्वन्धित समाचार :